नेपाल भर्सेस ताइपेइः दुबै टिमको मुख्य चुनौती कुवेतको गर्मी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१९
  • |
  • 717 पटक हेरिएको

फिफा विश्वकप छनौट अन्तर्गत नेपालले विहिबार चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दै छ । सो खेल अगाडी भएको प्रि म्याच कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कुवेतको मौसममा खेल्न नेपाल र ताइपेइ दुबैलाई खेल्न कठिन हुने बताए ।

रातीको समयमा खेल हुने भएपनि दुबै टिमका खेलाडीलाई गर्मीले खेल्न सजिलो नहुने उनले बताए । प्रि म्याच कन्फ्रेन्समा बोल्दै अल्मुताइरीले कुवेतको मौसममा खेल्न सहज नभएको तर आफ्नो टिमको लक्ष्य जित नै हरेको बताए । उनले ताइपेइविरुद्ध जित निकाल्दै एशियन कप छनौटमा छनौट हुने संभावनालाई जिवितै राख्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताए ।

उनले समुहको चौथो स्थानमा रहेले एसियन कपमा छनौट हुने मौकालाई कायम राख्ने चाहना रहेको बताए । उनले छोटो समयको तयारी र धेरै मैत्रीपुर्ण खेल खेल्न नपाएपनि टिम युवा रहेको र आफ्नो क्षमता अनुसार खेल्ने बताए ।

यता ताइपेइका प्रशिक्षक भोम का हुमले पनि कुवेतको मौसम मुख्य चुनौती रहेको बताए । उनले कुवेतको मौसमलाई आत्मसाथ गर्न कठिन भइरहेको र त्यो नै मिको मुख्य चुनौती रहेको बताए । टिममा विदेशमा रहेका खेलाडीले टिममा संलग्न हुन नपाएको र नयाँ खेलाडीका साथ टिम आएकाले उनीहरुले राम्रो गर्ने आशा रहेको धारणा राखे । यो प्रतियोगिता युवा खेलाडीलाई आफ्नो क्षमता देखाउने मौका रहेको बताए ।

नेपालले समुह बी मा पाँच खेलमा तीन अंक बनाएको छ । नेपालले यसअघि पहिलो चरणमा ताइपेइलाई उसकै मैदानमा दुई शुन्यले हराएको थियो । दुबै गोल अञ्जन विष्टले गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey