बंगलादेशकाे नयाँ बलिङ प्रशिक्षकमा हेराथ नियुक्त हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१८
  • |
  • 709 पटक हेरिएको

बंगलादेश क्रिकेट बोर्डले बलिङ प्रशिक्षकमा श्रीलंकन पुर्व खेलाडी रंगना हेराथलाई ल्याउने तयारी गरेको छ । यस्तै बंगलादेश बोर्डले नयाँ ब्याटिङ प्रशिक्षकमा पनि चाँडै निधो गर्ने बताएको छ ।

बंगलादेश क्रिकेट बोर्डका क्रिकेट अपरेटर अक्रम खानले हेराथलाई बलिङ प्रशिक्षकमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताएका छन । उनको प्रतिस्पर्धामा सहिद अज्मल, सेराज बाहुटुले रहेका छन । यस्तै ब्याटिङ प्रशिक्षकमा जिमी सिडोन्स हुने संभावना रहेको छ ।

बंगलादेशले जुलाईमा जिम्बावेसँग सिरिज खेल्ने तयारीमा छ । जसमा टेष्ट, तीन एकदिवसिय र ती टी २० हुनेछन । त्यसपछि अष्ट्रेलिया, न्यूजिल्याण्ड र इंग्ल्याण्डसँग सिरिज खेल्ने तालिका छ । बंगलादेश क्रिकेट बोर्डले टिमलाई टी २० विश्वकप अगाडी कम्तिमा १४ वटा खेल खेलाउने लक्ष्य राखेको छ ।

हेराथले सन् २०१८ मा खेलाडी जीवनबाट सन्यास लिएका थिए । उनले डेनियल भिटोरीलाई प्रतिस्थापन गर्ने भएका छन । भिटोरीको बंगलादेश बोर्डसँगको सम्झौता अप्रिलमा हुने भएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey