अफगानिस्तान क्रिकेटको नयाँ कप्तानको जिम्मेवारी हशमतुल्लाहलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१८
  • |
  • 355 पटक हेरिएको

अफगानिस्तान क्रिकेट बोर्डले कप्तान असगर अफगानलाई सबै फर्म्याटको कप्तानबाट हटाएको छ ।

अफगानलाई हटाएपछि त्यहाँको क्रिकेट बोर्डले हशमतुल्लाह शाहिदलाई एक दिवसीय र टेस्ट क्रिकेट टिमको कप्तानको जिम्मेवारी दिएको छ ।

टी २० को कप्तानका विषयमा चाँडै निर्णय हुने पनि अफगानिस्तान क्रिकेट बोर्डले जनाएको छ ।

राशिद खानलाई टी २० को उपकप्तान भने रहने छन् । यसैगरी रहमत शाह टेस्ट र एक दिवसीयको उप कप्तान हुने छन् ।

अफगानिस्तान क्रिकेट बोर्डले एसीबीको छानविन समितिको प्रतिबेदनका आधारमा असगर अफगानलाई कप्तानबाट हटाइएको हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey