बार्सिलाेना विश्वकाे उत्कृष्ट क्लव हाे-अगुइराे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१७
  • |
  • 626 पटक हेरिएको

म्यानचेस्टर सिटीबाट नोउ क्याम्पमा अनुबन्ध भएका सर्जियो अगुइरोले बार्सिलोना विश्वको उत्कृष्ट क्लव भएको बताएका छन ।

करिव १० बर्ष सिटीमा विताएर क्लवको सर्वाधिक गोलकर्ता बनेका अगुइरोलाई बार्सिलोनाले सोमबार आधिकारीक रुपमा अनुबन्ध गरेको थियो । दुई बर्षको सम्झौताका लागि अनुबन्ध भएका अगुइरोको रिलिज क्लव बार्साले एक सय मिलियन राखेको छ ।

सिटीबाट अन्तिम खेल खेलेको दुई दिनपछि अगुइरोले बार्सिलोनासँग सम्झौता गरेका हुन । अगुइरो अनुबन्ध कार्यक्रममा बोल्दै उनले बार्सिलोना विश्वको उत्कृष्ट क्लव भएको बताएका छन । उनले बार्सामा आउने निर्णय निकै राम्रो रहेको र करियरको अर्को स्टेप भएको बताए । जसका लागि आफु निकै खुसी रहेको धारणा राखे ।

उनले आफुले खेल्दा जतिसक्यो धेरै क्लवलाई खेल जिताउनका लागि सहयोग गर्ने बताए । उनले आफु १८ बर्षको हुँदा युरोपमा आएको र एट्लेटिको मड्रिडमा अनुबन्ध भएपछि धेरै कुरा सिकेको बताए ।

त्यसपछि सिटीमा जाँदा आफ्नो प्रदर्शनको बारेमा सबैले देखेको बताए । उनले सिटीमा हुँदा आफुले खेल्ने तरिका नै परिवर्तन गरेको अब त्यो अनुभवलाई बार्सिलोनामा ल्याउने कोसिस गर्ने बताए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey