नेपाली फुटबल टिमका सबै सदस्यकाे रिपाेर्ट नेगेटिभ

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१७
  • |
  • 350 पटक हेरिएको

फिफा विश्वकप छनौटका लागि कुवेतमा रहेको नेपाली फुटबल टिमको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

इराकसँगको मैत्रीपुर्ण खेलपछि गएराति कुवेत पुगेको नेपाली फुटबल टिमका खेलाडी र अफिसियलको रिपोर्ट नेगेटिभ आएको टिमका म्यानेजर मधुसुदन उपाध्यायले बताए ।

नेपाली टिम इराकबाट साँझ ६ बजे कुवेतका लागि प्रस्थान गरेको थियो । जसमा चार घण्टाको समयपछि टिम कुवेत पुगेको थियो । कुवेत पुगेपछि सबै खेलाडी र अफिसियलको कोरोना परिक्षण गरिएको थियो । जसमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

टिमले आज राति कुवेतमा पहिलो प्रशिक्षण गर्नेछ । नेपालले जुन तीन तारिखमा चाइनीज ताइपेइसँग खेल्नेछ । ताइपेइ टिमपनि कुवेत पुगिसकेको छ ।

प्रतियोगितामा नेपालले खेलको पाँच खेलमा एक जित निकालेको छ । उनले ताइपेइ टिमलाई नै दुई शुन्यले हराएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey