पीएसएल खेल्न आबुधावी जाने तयारीमा रहेका ११ खेलाडीलाई विमानस्थलबाट फर्काइयो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१७
  • |
  • 459 पटक हेरिएको

पाकिस्तान सुपर लिग खेल्ने तयारीमा रहेका ११ खेलाडी र अफिसियललाई कमर्सियल फ्लाइटमा जानका लागि रोकिएको छ । लाहोर र कराँचीबाट दोहा हुँदै आबुधावी जाने क्रममा ११ खेलाडी र केहि पदाधिकारीकालाई फ्लाइटमा चड्नबाट रोकिएको छ । अब उनीहरुलाई बहराईबाट यूएई लगिने भएको छ ।

आबुधाबीमा हुने प्रतियोगिताका लागि सबै टिमका खेलाडीको क्वारेन्टिन र पीसीआर परिक्षणपछि आबुधावीका लागि कराँची र लाहोरबाट फ्लाइट मिलाइएको थियो । तर कतार एयरवेजले ११ खेलाडी र केहि पदाधिकारीलाई प्लेन चड्नबाट रोकेको बताइएको छ । यसमा क्वेटा ग्लाडियटर्सका कप्तान सरफराज अहमदलाई आइतबार विहानै रोकिएको थियो । उनीहरुलाई बोर्डिङ गर्नका लागि सबै प्रक्रिया पुरा नगरेको बताइएको छ ।

जान नपाएका खेलाडी र पदाधिकारी होटल फर्किनुपरेको थियो । लाहोरमा क्वारेन्टिनमा रहेका १३ खेलाडीलाई पीसीबीले घर फर्किनका लागि अनुमती दिएको छ । अब नउीहरुलाई केहि दिनपछि चार्टड भन्दापनि कमर्सियल फ्लाइटमा यूएई लगिने भएको छ ।

पीसीबीले कोभिडका कारण विचमा नै रोकिएको पाकिस्तान सुपर लिग आबुधावीमा गर्नेछ । यसका लागि दुई सय दुई खेलाडी, सपोर्ट स्टाफ, प्रतियोगिताका अफिसियल पाकिस्तानबाट जानेछन । जमसा ५७ जना कराँचीबाट र एक सय ४५ जना लाहोरबाट रहेका छन ।

यस्तैमा अझैपनि केहि टिमका सपोर्ट स्टाफले अझै यूएईको भिषा नपाएको बताइएको छ । पीएसएलमा सबै गरेर दुई सय ७० जना आबुधावी पुग्नेछन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey