छोरा स्टार फुटबलर भएको हेर्ने पर्खाइमा मनीष डाँगीकी आमा रिता (भिडियाेसहित)

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१६
  • |
  • 1048 पटक हेरिएको

अहिले हरेक नेपाली फुटबल समर्थकको मुखमा झुण्डिएको नाम हो मनीष डाँगी । हो, उनै डाँगी अहिले रातारात चर्चामा आएका छन् । इराकविरुद्ध शनिबार राति भएको मैत्रीपूर्ण फुटबलमा डेब्यु मात्र गरेनन् ।

नेपाल भन्दा १०३ औं स्थान माथिको इराकविरुद्ध उत्कृष्ट गोल गरे । मनीष नेपालबाट डेब्यु खेलमा गोल गर्ने तेस्रो खेलाडीको रुपमा दर्ज पनि भए । यतिबेला मनीष इराकबाट कुवतेमा आयोजना हुने फिफा विश्वकप छनोटका लागि नेपालले खेल्न बाँकी रहेका तीन खेलका लागि त्यता तर्फ प्रस्थान गरेका छन् । कोरियमा उमेर समूहको फुटबल समेत खेलेका मनीष बाबु आमासँगै उतै बस्ने गरेका छन् । २ वर्ष अघि नेपालबाट यु १८ साफ फुटबल खेलेका थिए । साथै हालै सम्पन्न भएको नेपाल सुपर लिगमा पनि राम्रो प्रदर्शन गरेका मनीष नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको नजरमा परे ।

बन्द प्रशिक्षण पछि २३ जनाको सूचीमा पर्दै इराक प्रस्थान गरेका मनीषले इराकाविरुद्धको नेपाली प्लेयिङ ११ मा स्थान बनाएका थिए । उनै मनीषले २९ औं मिनेटमा गोल गर्दै केही समय नेपाललाई इराकविरुद्ध २–१ को अवस्थामा पुर्‍याएका थिए ।

निर्धारित ९० मिनेटको खेल सकिँदा भलै नेपाल ६–२ गोल अन्तरले पराजित भए पनि चर्चाको शिखरमा मनीष रहे । उनै मनीषकी आमासँग उनको फुटबलबारे हामीले जान्ने प्रयास गरेका थियौं । भर्चुअल माध्यमबाट हामीले सम्पर्क गर्दा आमा छोराका कारण निकै खुशी मुद्रामा पायौं ।

हामीले सोधेका थियौं, मनीष डाँगीकी आमा भनेर चिनिन पाउँदा आज कस्तो लागेको छ भन्दा जवाफ थियो हामी एकदमै खुशी छौं । हेरौं मनीष डाँगीको आमा रिता गुरुङ डाँगीसँग गरिएको यो भिडियो वार्ता ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey