केभिन डी ब्रुइनले युराे कपका सुरूवाती खेल गुमाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१६
  • |
  • 438 पटक हेरिएको

च्याम्पियन्स लिगको फाइनलमा चेल्सीविरुद्धको खेलमा घाइते भएका म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुइनले युरो कपको सुरुवाती खेल गुमाउने भएका छन ।

शनिबार राती भएको फाइनलमा चेल्सीका एन्टोनीयो रुडिगरसँग ठोक्किएपछि उनको आँखा र नाकविचका हड्डी भाच्चिएको छ ।

खेलको ६० औं मिनेटमा यी दुई खेलाडी ठोकिँदा बढि चोट ब्रुइनलाई लागेको छ । घाइते भएपछि तत्काल सब्सिच्युट भएका ब्रुइनको हड्डी भाच्चिएको मेडिकल जाँचपछि थाहा भएको छ ।

बेल्जियमको समेत मुख्य खेलाडी रहेको ब्रुइनले युरो कपका केहि खेलमा अनुपस्थित हुने बताइएको छ । बेल्जियमले युरोकपमा जुन १२ मा रसियासँग खेल्दैछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey