हाभेर्टजकाे एकमात्र गाेलमा चेल्सी च्याम्पियन्स लिगकाे च्याम्पियन, सिटी १-० ले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१६
  • |
  • 799 पटक हेरिएको

म्यानचेस्टर सिटीलाई एक शुन्यले हराउँदै चेल्सीले करिव नौ बर्षपछि युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । टोमस टुसेलको टिम चेल्सीले सिटीलाई एक शुन्यले हरायो । उसको जितमा काई हाभेर्टजको एकमात्र गोल निर्णायक बन्यो । चेल्सीको यो दोस्रो च्याम्पियन्स लिगको उपाधि हो ।

पोर्चुगिज क्लव पोर्टोको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि काई हाभेर्टजले गोल गर्न सफल भए । खेलमा बल पोसेसनमा सिटी अगाडी भएपनि पहिलो गोल भने चेल्सीले गर्यो ।

त्यसोत खेलको २७ औं मिनेटमा पनि चेल्सीले गोलको राम्रो मौका पाएको थियो । उसका एन्टोनीयो रडीगेरको प्रहारलाई फिल फोडेनले बताए ।
तर ४२ औं मिनेटमा चेल्सीले खेलमा अग्रता बनायो । उसका लागि मासोन माउन्टको पासमा काई हाभेर्टजले गोल गर्न सफल भए । सिटीका डिफेन्डर र गोलकिपरलाई विट गर्दै हाभेर्टजले गोल गर्न सफल भए ।

उनको च्याम्पियन्स लिगमा यो पहिलो गोल हो । अघिल्लो सिजनमा करिव ७३ मिलियन पाउण्डमा चेल्सीमा आएका हाभेर्टजले मुख्य खेलमा आफुलाई देखाएका छन ।

यसका साथै उनी च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने कान्छो खेलाडीपनि बनेका छन । उनले २१ बर्ष तीन सय ५२ दिनमा गोल गर्न सफल भए । उनी लार्स रिकेनपछि सर्वाधिक कान्छो खेलाडी हुन । त्यो बेला बोरुसिया डर्टमुण्डबाट युभेन्टसविरुद्ध लार्सले २० बर्ष तीन सय २२ दिनमा गोल गरेका थिए ।

पहिलो हाफमा एक गोलले पछाडी रहेको सिटीलाई ५५ औं मिनेटमा झट्का लाग्यो । उसका कप्तान तथा प्लेमेकर केभिन डी ब्रुइनको आँखामा चोट लाग्न पुग्यो । उनी चेल्सीका डिफेन्डर एन्टोनीयो रुडीगेरसँग ठोकिन पुगेका थिए । जसका कारण उनी रिप्लेस हनुपरेको थियो ।

खेलको ७३ औं मिनेटमा चेल्सीले अर्को उत्कृष्ट मौका खेर फाल्यो । उसका क्रिस्टियन पुलिसिकले गोलकिपरलाई विट गरेर प्रहार गरेको बल पोष्टबाहिर रह्यो ।

८५ औं मिनेटमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका सर्जियो अगुइरोको प्रयासमा चेल्सीका गोलकिपर मेन्डी बाधक बने ।
त्यसपछि सिटी खेलमा फर्कन सकेन र केभिन डी ब्रुइनको चोट उसका लागि घातक बन्यो । खेलको अन्तिममा सिटीले एउटा मौका पाउँदा त्यसलाई पनि आत्मसाथ गर्नसकेन ।

चेल्सीले अन्तिम पटक सन् २०११ र १२ को सिजनमा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । यता सिटीलाई क्लवको इतिहासमा पहिलो पटक उपाधि जित्ने अवसर यो पटकपनि चुकेको छ । चेल्सीका प्रशिक्षक थोमस टुसेलका लागि च्याम्पियन्स लिगको पहिलो उपाधि हो । अघिल्लो सिजनमा पीएसजीको प्रशिक्षक हुँदा फाइनलमा पुगेका टुसेलको टिम बार्यन म्युनिखसँग एक शुन्यले पराजित भएको थियो ।

यता सिटीका प्रशिक्षक पेप ग्वार्डियोलाले बार्सिलोनासँग च्याम्पियन्स लिगको उपाधि जितेपछि फेरी च्याम्पियन बन्न सकेका छैनन् । उनले अन्तिम पटक यो प्रतियोगिताको उपाधि सन् २०१० र ११ को सिजनमा जितेका थिए ।

प्रिमियर लिग च्याम्पियन सिटीका स्ट्राइकर सर्जियो अगुइरोको पनि क्लवको अन्तिम खेल दुखद बनेको छ । चेल्सीले प्रतियोगिताको उपाधि जित्दा उसका गोलकिपर मेन्डी यो प्रतियोगिताको फाइनल खेल्ने र उपाधि जित्ने पहिलो अफ्रिकी गोलकिपर बनेका छन । यस्तै क्रिस्टियन पुलिसिकपनि च्याम्पियन्स लिगको फाइनल खेल्ने र जित्ने पहिलो अमेरीकी खेलाडी बनेका छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey