इराकसँगकाे हारपछि फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहले नेपाली समर्थकसँग माफी मागे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१६
  • |
  • 1281 पटक हेरिएको

इराकसँगको मैत्रीपुर्ण खेलमा ६ दुईको हार ब्यहोरपछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सबै नेपाली समर्थकसँग माफी मागेका छन ।

खेल सकिएको केहि समयपछि नै आफ्नो सोसियल मिडियामा आफ्नो भनाई राख्दै यो हारको जिम्मा आफुले लिने र खेलाडीलाई दोश नदिने आग्रह गरेका छन । साथै उनले नेपाली पत्रकारसँग बाेल्दै खराब नतिजाका लागि म सबै नेपाली समर्थकसँग माफी माग्न चाहन्छु । २-१ ले अघि भएको बेलामा राम्राे अवसर थियो, जसलाई सदुपयोग गरेको भए हामी ३-१ ले अघि हुन्थ्यौ र जित्न पनि सक्थ्यौं । तर हामीले यो १०-१२ दिन प्रशिक्षण गरेर खेलेका हौं । हामीलाई अझै केहि समय चाहिन्छ । त्यसका लागि धैर्य गर्नुहोला ।
साथै उनले हामीले याे खेलबाट नेपाली समर्थकलाई धेरै खुसी दिन त सकेनौं हाेला, तर ठिकै खुसी दिएका छौं । तर आउने दिनमा नेपाली समर्थकलाई खुसी बनाउने छौं ।

विश्वकप खेलिसकेको र अष्ट्रेलिया, दक्षिण कोरीयालाई कुनै समय हराइसकेको इराकविरुद्ध नेपालले संघर्षपुर्ण खेल खेलेको थियो । दुई दशकपछि इराकसँग खेल्दा युवा खेलाडीको टिम नेपालले दुई गोल फर्काउन भने सफल भयो । नेपालका लागि डेब्यु गरेका मनिष डाँगीले डेब्यु खेलमा नै गोल गरेका थिए ।

प्रशिक्षक अब्दुल्लाहले दुई दिन अगाडी पनि आफ्नो फेसबुकमा खेलाडीलाई दोश नदिन र नेपालको नजिताको सम्पुर्ण जिम्मेवारी आफुले लिने बताएका थिए ।

इराकसँगको खेलले प्रशिक्षक अब्दुल्लाहलाई पनि कमिकमजोरी आंकलन गर्ने सुनौलो अवसर मिलेको छ । विश्वकप छनौट अगाडी कुवेतको मौसमसँग मिल्दोजुल्दो इराकमा गएर टिमलाई अभ्यस्त बनाउन यो मैत्रीपुर्ण खेल खेलिएको हो ।

प्रशिक्षक अब्दुल्लाहको यसअघि पनि यो पटकको भ्रमण नेपाली टिमका लागि जित भन्दापनि राम्रो अनुभवका लागि रहेको बताएका थिए । फिफा बरियतामा पनि नेपाल भन्दा एक सय तीन स्थान माथि रहेको इराकसँग नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक नै रहेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey