युइएफएद्वारा अवे गाेलकाे नियम खारेज

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१५
  • |
  • 387 पटक हेरिएको

युरोपियन फुटबल महासंघले ५६ बर्षदेखि चलिरहेको च्याम्पियन्स लिगको नियमलाई हटाएको छ । युइएफएले च्याम्पियन्स लिगमा अवे गोलको नियमलाई खारेज गरेको छ ।

यसअघि कुनैपनि टिमले विपक्षीको मैदानमा खेल्दा गरेको गोलको फाइदा लिने गर्थे । तर त्यो नियम निकै पुरानो भएको भन्दै यसलाई हटाइएको छ । अब यसलाई कार्यसमितीको बैठकले पारित गर्न बाँकी रहेको बताइएको छ ।

कोभिडका कारण अघिल्लो सिजन र यो सिजनमा तथष्ट मैदानमा खेल भएपनि अवे गोलको अवधारणा अनावश्यक हरेको ठहर गरिएको थियो । यो नियम निकै अगाडीदेखि नै हटाउने चर्चा भएको थियो ।

च्याम्पियन्स लिगमा अवे गोलका कारण धेरै टिमलाई दोस्रो लेगमा फाइदा हुने गरेको थियो । यो सिजनमा पनि अवे गोलका कारण युभेन्टस प्रतियोगिताबाट बाहिरीएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey