आईपीएलका बाँकी म्याचबारे आज निर्णय

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१५
  • |
  • 560 पटक हेरिएको

कोरोना महामारीका कारण स्थगित भएको आईपीएल क्रिकेटबारे निर्णय गर्नका लागि बीसीसीआईले आज विशेष वैठक बोलाएको छ ।

महामारीकै कारण बैठक भने भर्चुअल माध्यमबाट हुने छ । आईपीएल १५ सेप्टेम्बरदेखि १५ अक्टोबरसम्म युएईमा आयोजना गर्न सक्ने आंकलन गरिएको छ ।

जुन एक तारिखमा आईसीसीको बैठक बस्ने र त्यसले टी २० विश्वकपबारे निर्णय गर्ने भएकाले आजको बीसीसीआईको बैठकले कोरोना महामारीको समिक्षा गर्दै विश्वकपबारेको धारणा आईसीसीमा पेश गर्ने छ ।

अहिलेको अवस्थामा टी २० भारतमा गर्न असम्भवजस्तै रहेकाले केही समय पर्खन पनि आईसीसीलाई आग्रह गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आईपीएल भने युएइको तीन स्थानमा हुने सम्भावना रहेकोछ छ । अबुधावी, दुबई र शारजाहमा हुने छ ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey