रियलकाे नयाँ प्रशिक्षक बन्न काेन्टेलाई प्रस्ताव, च्याम्पियन काेन्टेले राखे सर्तहरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१५
  • |
  • 485 पटक हेरिएको

स्पेनीस क्लव रियल मड्रिडले नयाँ प्रशिक्षकका रुपमा अनुबन्धका लागि एन्टोनीयो कोन्टेलाई प्रस्ताव गरेको छ ।

इन्टर मिलानलाई सिरी ए को च्याम्पियन बनाएका कोन्टेले बोर्डसँगको असमझदारीका कारण क्लव छोडेका थिए । यता रियलका प्रशिक्षक जिनेदिन जिदानले पनि राजिनामा दिएपछि कोन्टेलाई ल्याउनका लागि रियलले प्रस्ताव गरेर कुरा अगाडी बढाएको छ ।

रियलले यो सिजन उपाधिविहिन हुँदा जिदानले नैतिकताका आधारमा आफैले राजिनामा दिएका हुन । जसका कारण रियललाई नयाँ सिजन अगाडी प्रशिक्षक नियुक्ति गर्नुपर्ने दबाव छ । यस्तैमा यसअघि एलिग्रीलाई भित्र्याउने चर्चा हुँदा उनले युभेन्टसमा सम्झौता गरेका छन ।

अब रियलले जिदानको स्थानमा कोन्टेलाई पहिलो प्राथमिकतामा राखेको छ । कोन्टेले भने यो विषयमा केहि बोलेका छैनन् । तर दुबै पक्षविच बार्ता भएको र त्यसमा कोन्टेले केहि सर्तहरु राखेको बताइएको छ । उनले आफु प्रशिक्षक भएको खण्डमा आफ्नो हिशावले टिम बनाउने र स्वतन्त्र रुपमा प्रशिक्षण गर्न पाउनुपर्ने धारणा रियललाई राखेको बताइएको छ ।

यसको अर्थ यदि कोन्टे रियलको प्रशिक्षक भएको खण्डमा टिममा निकै परिवर्तन हुनसक्ने संभावना रहेको छ ।री

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey