बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोमन अस्पताल भर्ना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१४
  • |
  • 768 पटक हेरिएको

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोमन अस्पताल भर्ना भएका छन । उनलाई एन्जाइटी अट्याक भएर अस्पताल भर्ना भएका हुन ।

डच प्रशिक्षक कोमन क्लवको प्रशिक्षकका रुपमा अर्को सिजनमा निरन्तरता पाउने नपाउनेमा अझैपनि एकिन छैन । बार्सिलोनाको अध्यक्ष लार्पोटाले कोमनको विकल्पमा अझैपनि छलफल भइरहेको र अर्को साता गम्भिर रुपमा कुरा हुने बताएका छन ।

कोमनको स्वाथ्य अवस्था ठिक रहेको बताइएको छ । रोनाल्ड कोमनले अर्को सिजनमा पनि क्लवको प्रशिक्षकमा निरन्तरता दिन चाहिरहे पनि बोर्डले भने विकल्प खोजिरहेको छ ।

रोनाल्डले पहिलो सिजनमा नै कोपा डेल रे को उपाधि जितेका थिए । यसका साथै बार्सिलोनाले ला लिगाको उपाधिको होड ३५ औं चरणसम्म कायम राखेको थियो । तर त्यसपछि दुई खेलमा खराव प्रदर्शन गर्दा उपाधि होडबाट बाहिरीएको थियो ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey