पहिलोपल्ट युरोकपमा छनोट भएको फिनल्याण्डलाई समूहमै कठिन परीक्षा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१३
  • |
  • 887 पटक हेरिएको

एजेन्सी । उत्तरी युरोपमा अवस्थित फिनल्याण्ड राम्रो फुटबल संस्कार भएको मुलुक हो । वर्षको आधा समय हिउँ पर्ने यो देश नेपालभन्दा तीन गुणा ठूलो छ तर यहाँको जनसंख्या करिव ५५ लाख मात्र छ ।

यो देशले यसपल्टको युरोमा पहिलोपल्ट प्रतिनिधित्व गर्दैछ । सन् १९०४ मा फिफाको सदस्यता बनेको फिनल्याण्डले सन् १९१२ मा पहिलोपल्ट ओलम्पिकमा सहभागिता जनाएकोमा चौथो भएको थियो । फिफा विश्वकपमा भने उसले अहिलेसम्म अवसर पाएको छैन ।

कठिन समूह

पहिलोपल्ट युरोमा प्रतिनिधित्व गरेको फिनल्याण्डका लागि समूह चरणमै कठिन प्रतिद्वन्द्वी परेका छन् । यो समूहमा उपाधि दावेदार बेल्जियम, रुश र पूर्व च्याम्पियन डेनमार्क छ ।

मुख्य खेलाडी

तीमू पुक्की (८६ क्याप, २६ गोल)

पुक्की फिनल्याण्डका सबैभन्दा महत्वपूर्ण र प्रभावशाली स्ट्राइकर हुन् । फिनिस समर्थकहरु उनलाई आवश्यक समयमा गोल निकाल्ने जादुयी खेलाडीका रुपमा व्यवहार गर्छन् ।

नोरिच सिटीका यी स्ट्राइकर ३० वर्षका भए । उनी आफ्नो देशमा गोलकर्ताभन्दा माथिको प्रदर्शन गरिरहेका छन् । उनले आफ्नो देशको फुटबल शैलीलाई नै परिवर्तन गरिदिएका छन् । अधिक आक्रामक बनाएका छन् ।

लुकास हार्डेकी (६४ क्याप)

हार्डेकीले लामो समयदेखि फिनल्याण्डको गोलपोष्ट संहालिरहेका छ् । बायर लिभरकसेनका पहिलो रोजाईका गोलरक्षक हार्डेकी विश्वसनीय मात्र होइनन् गोलपोष्टमा रहेर खेलको नतिजा नै परिवर्तन गर्ने खालको बचाउ गर्ने क्षमताका खेलाडी हुन् ।

उनी तीव्र प्रतिक्रिया र खुट्टाको कलात्मक प्रयोगका लागि माहिर मानिन्छन् । उनको क्षमता, अनुभव र रक्षापंक्तिसँगको तालमेल पनि बोजोड रहने गर्छ ।

र, फिनल्याण्डको बारेमा यो पनि जान्नुहोस्

– युरो २०२० को छनोट प्रतियोगितामा फिनल्याण्डले १६ गोल गरेको थियो । जसमध्ये १० गोल पुक्की एक्लैले गरेका थिए ।

– मे १९७६ मा ग्रिसमाथि ३–० गोलअन्तरको जितअघि फिनल्याण्डले युरो छनोटका १८ खेलमा जितबिहीन थियो ।

– फिनल्याण्डका प्रशिक्षक मार्कु कनेर्भा, सहायक प्रशिक्षक मिका नुर्मेला र गोलरक्षक प्रशिक्षक एन्टी नेमी, यी तीनै जनाले १ सय ९७ अन्तर्राष्ट्रिय क्याप जितेका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey