मैत्रीपुर्ण खेलका लागि नेपाली टिम इराक पुग्याे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१२
  • |
  • 584 पटक हेरिएको

नेपाली फुटबल टिम इराकसँगको मैत्रीपुर्ण खेलका लागि पुगेको छ । मंगलबार राती त्रिभुवन विमानस्थलबाट उडेको नेपाली टिम बुधबार दिउँसो इराक पुगेको हो ।

नेपाली टिम कतार एयरवेजको विमानबाट दोहा हुँदै इराक उत्रिएको हो । २३ खेलाडी र १२ अफिसियलसहितको टिमले शनिबार इराकसँग बसारा रंगशालामा मैत्रीपुर्ण खेल खेल्न लागेको हो ।

नेपालले इराकसँग करिव २ दशकपछि फुटबल खेल्न लागेको हो । मैत्रीपुर्ण खेल खेलेका अर्को दिन नेपाली टिम सडकको बाटो हुँदै फिफा विश्वकप छनौटका लागि कुवेत जानेछ ।

त्यहाँ नेपाली टिमले जुन तीनमा चाइनीज ताइपेई, जुन सातमा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । त्यसपछि नेपाली टिम जुन १२ मा स्वदेश फर्किनेछ । विश्वकप छनौटमा नेपालले पाँच खेलमा एक खेल जितेको छ ।

नेपालले इराकी भूमीमा २० वर्षपछि खेल्न लागेको हो।

सन् २००२ विश्वकपका लागि छनोट प्रतियोगिता २००१ को मार्चमा भएको थियो। सुरुमा काठमाडौंमा छनोट प्रतियोगिता हुने भनिएको थियो। तर नेपालले प्रतियोगिताको आयोजनाबाट हात झिक्यो।

त्यसपछि एसियाली फुटबल महासंघले खेल इराकको बागदादमा आयोजना गर्ने निर्णय गर्‍यो। तर समूहमा रहेको काजकिस्तानले विरोध जनायो। जसका कारण एएफसीले ६ खेल इराक र ६ खेल काजकिस्तानमा आयोजना गर्ने निर्णय गरेको थियो।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey