स्पेनकाे टिम घाेषणा गर्दा एनरिककाे त्याे गाेप्य ‘प्लान’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१२
  • |
  • 524 पटक हेरिएको

आसन्न युरोकपका लागि स्पेनले टिमको घोषणा गर्दा प्रशिक्षक लुइस एनरिकले कप्तान सर्जियो रामोसलाई टिम बाहिर राखे । फिटनेसको समस्या बताउँदै टिमलाई बाहिर राखेका एनरिकले यसपटक टिममा विश्वासिला खेलाडीमात्र राखेको आलोचना भएको छ ।

मार्काले उल्लेख गरे अनुसार एनरिकले जुन खेलाडीमा विश्वास रहेको छ, ती खेलाडीलाई टिममा राखेको भनिएको छ । उनले टिममा आफ्नो धारणालाई नकार्ने खेलाडीलाई राखेका छैनन् ।

पछिल्ला केहि सातामा प्रशिक्षक एनरिक र उनका स्टाफहरुले टिमको घोषणा गर्नु भन्दा अगाडी सबै अध्ययन गरेका थिए । जुन उनीहरुले गोप्य र साइलेन्ट तरिकाले गरेका थिए । सोमबार टिमको घोषणा गर्दापनि त्यो सूची निकै गोप्य राखिएको थियो ।

प्रशिक्षक एनरिक र उनका स्टाफ बाहेकअरुलाई थाहा नै थिएन । यतिसम्म की स्पेनीस फुटबल संघलाई पनि जानकारी दिएका थिएनन् । स्पेनको टिमको नाम घोषणा भएपछि मात्र थाहा भएको थियो ।

जब स्पेनीस फुटबल संघले टिम घोषणाका लागि बाटो खोल्यो, त्यो बेला पहिले नै तयार पारेको भिडियो सामाग्रि प्रस्तुत गरिएको थियो । २४ खेलाडीको टिम तयार गर्दा एनरिकले यो पटक टिम घोषणा हुने स्थानमा मोबाइल फोनहरु प्रतिबन्ध गरिएको थियो । एनरिक कुनैपनि कुराको लिक नहोस भन्ने चाहन्थे ।

एनरिकले रामोसलाई फोनमा कुरा गरेर टिममा नरहेको जानकारी दिएका थिए । बाँकीले पनि टिम घोषणा भएपछि मात्र थाहा पाएका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey