बंगलादेशले श्रीलंका सामु २४७ रनकाे लक्ष्य, रहिमकाे शतक

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 332 पटक हेरिएको

श्रीलंकाविरुद्धको दोस्रो एकदिवसिय खेलमा बंगलादेशले दुई सय ४७ रनको लक्ष्य दिएको छ ।

ढाकामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ४८ ओभर एक बलमा दुई सय ४६ रनमा अलआउट भयो । उसका लागि मुस्फिकुर रहिमले शतकीय पारी खेले ।

राम्रो सुरुवात गर्न नसकेको बंगलादेशले १५ रन बनाउँदा दुई विकेट गुमाएको थियो भने ४९ रनमा तेस्रो विकेट खेर फालेको थियो । उसका ओपनर तमिम इक्बाल १३ रनमा आउट भए भने सकिब अल हसनले खाता खोल्न सकेनन् । यस्तै लिटोन दाशपनि ब्यक्तिगत २५ रनमा आउट भए ।

बंगलादेशको स्कोर ७४ रन हुँदा चार विकेट झरेको थियो । तर मुस्किफुर को शतकका कारण उले चुनौती पुर्ण लक्ष्य दिन सफल भयो । बंगलादेशका मोसादेक होसेनले १०, महमुदुल्लाहले ४१ रन बनाए भने अफिफ हुसेनले १० रन बनाए । बंगलादेशका लागि रहिमले एक सय २५ रनको पारी खेले ।

बलिङका श्रीलंकाका लक्षन सान्दाकनले तथा दुश्मन्थ चामिराले तीन तीन विकेट लिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey