युनाइटेडका घाइते कप्तान हेरीले फिटनेस टेष्ट पास गर्नुपर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 360 पटक हेरिएको

म्यानचेस्टर युनाइटेडले घाइते कप्तान तथा डिफेन्डर हेरी मगुइरालाई युरोपा लिगको फाइनलका लागि टिममा राखेको छ ।

उनले फाइनल खेल्नका लागि फिटनेस टेष्ट पास गर्नुपर्ने भएको छ । यसकासाथै टिमको सपोर्टका लागि पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनपनि टिमसँग पोल्याण्ड गएका छन ।

भिल्लारियलविरुद्ध विहिबार राती हुने फाइनलमा हेरी खेल्ने संभावना निकै कम रहेको बताइएको छ । उनले पोल्याण्ड पुगेपछि फिटनेस टेष्ट पास गर्नुपर्ने र त्यसलाई प्रशिक्षक ओले गुनरले नजिकबाट नियाल्ने बताए ।

यता एन्थोनी मार्टियललाई टिममा राखिएको छैन । २६ खेलाडीको सूचीमा उनलाई गुनरले राखेका छैनन् । पछिल्लो पटक मार्टियल टिमबाट बाहिर जाने चर्चा चलेको छ ।

युनाइटेडले सन् २०१७ पछि पहिलो उपाधि जित्ने लक्ष्यमा रहेको छ । घरेलु लिगमा सुखद विदाई गरेको युनाइटेडका कप्तान हेरीले अन्तिम दुई खेल खेल्न सकेका थिएनन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey