बार्सिलोनाले ढुंगा जस्तै फालेका स्वारेज एट्लेटिकाेमा हिरा भएर चम्किदा…

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१०
  • |
  • 584 पटक हेरिएको

अमूल्य वस्तु पहिचान गर्न नसक्दां त्यसको ठूलो मुल्य चुकाउनुपर्छ भन्ने उदाहरण यो सिजनमा स्पेनीस लिगमा बार्सिलोनाले प्रष्ट रुपमा देख्यो । स्ट्राइकर लुइस स्वारेजलाई अपमान तरिकाले क्लवबाट बाहिर पठाएको बार्सिलोनाले हिरालाई कौडीको भाउमा विक्रि गरेको भनेर अहिले निकै ठूलो चर्चा भइरहेको छ । सात बर्षपछि एट्लेटिकोले ला लिगाको उपाधि जित्दा बार्सिलोनाले धकेलेर क्लवबाट निकालेका लुइस स्वारेज नायक बने । लिगको अन्तिम खेलमा जित्नैपर्ने अवस्थामा एट्लेटिकोका लागि स्वारेजले गोल गर्दै टिमलाई लिगको उपाधि दिलाए ।

कोभिडको असर, त्यसमा पनि क्लवमा खेलाडीको तलव कटौती, आर्थिक समस्यामा बार्सिलोना रहेको अवस्थामा तत्कालिन बार्सिलोनाका अध्यक्ष जोसेप मारियाले क्लवमा निकै ठूलो समस्या ल्याएका थिए । यस्तैमा क्लवको आर्थिक समस्यालाई कम गर्नका लागि उसले केहि खेलाडीलाई कटौती गर्ने निर्णय गर्दा प्रशिक्षकपनि परिवर्तन गर्यो । नयाँ प्रशिक्षक रोनाल्ड कोमन बार्सिलोना पुगेपछि स्वारेजसँगको पहिलो भनाई थियो, तिनी मेरो योजनामा छैनौ । तत्काल विकल्प खोज्नका लागि भनेर ठाँडो रुपमा बताए ।

त्यो बेला आफ्नो परिवारलाई सेटल गरेर बसेका स्वारेजका लागि छाँगाबाट खसेजस्तै भयो । यहि विचमा मेस्सीले पनि क्लव छोड्ने कुराले निकै ठूलो चर्चा चलेको थियो । मेस्सीले स्वारेजलाई बार्सिलोनामा नै राख्नका लागि केहि प्रयास गरेपनि बोर्डले मानेन र अन्तिममा उनी मात्र ५ मिलियन पाउण्ड बार्षिक तलवमा एट्लेटिको मड्रिडमा गए । उनको यो यात्रा कुनै चलचित्रको कथा भन्दा कम थिएन ।

बार्सिलोनामा नै बस्न चाहे पनि क्लवले उनीमाथि भरोसा गरेन । त्यतिखेर ३३ वर्ष पुगेका स्वारेजलाई बार्सिलोनाले तिमी अब बुढो भयौ, नयाँ गन्तव्य खोज भन्यो । त्यो बेला उनी बार्साका तेस्रो सर्वाधिक गोलकर्ता थिए । उनले ६ सिजनमा बार्साका लागि दुई सय ८३ खेलमा १ सय ९८ गोल गरेका थिए । जब स्वारेज एट्लेटिकोमा गएका थिए, त्यो बेला उनको भावना निकै टुटेको थियो । बार्सिलोनालाई आफ्नो दोस्रो घर सोचेका लिभरपुलका पूर्व खेलाडी स्वारेजमाथि बार्सिलोनाले अन्तिममा जति योगदान गरेपनि त्यसलाई शुन्य सरह बनायो । क्लवले आफुलाई ढुंगा झै गरेर बर्हिरगमन गर्दा उनका समर्थकमात्र होइन उनको परिवार नै केहि समय पिडामा पर्यो ।

बार्सिलोनामा हुँदा अन्तिम समयमा यस्तोसम्म भयो की उनी एक्लै प्रशिक्षण गर्नुपर्ने अवस्था आयो । टिमसँग प्रशिक्षकले प्रशिक्षण गर्न नदिने हुँदा उनी निकै एक्लो महसुस गरेका थिए । जसका कारण उनको मन निकै पिडिएको थियो । त्यो कुरा एट्लेटिको जाँदा उनको आँखाबाट आँशु झर्दा प्रष्ट भएको थियो ।

स्वारेज जस्तो स्ट्राइकरलाई मात्र पाँच मिलियन पाउण्डमा पाउनु एट्लेटिकोका लागि सित्तै भेटेजस्तो भयो । उसले कुनै दायाँबायाँ नसोचेर एकैपटक आएको प्रस्तावलाई स्विकार गर्यो । यो सिजनको लिग सकिँदा स्वारेजलाई ल्याउनु ठूलो सफल निर्णय भएको डिएगो सिमोनको टिमले देखाएको छ । स्वारेजलाई भित्र्याएपछि प्रशिक्षक सिमोनले उनलाई मुख्य हतियार बनाए । ला लिगामा एट्लेटिकोले १९ औं चरणको खेल सकिंदा कीर्तिमानी ५० अंक बटुल्यो । उसले यो सिजनमा ला लिगामा राज गर्दै आएका रियाल मड्रिड र बार्सिलोना त्यतिखेर दोहोरो अंकले पछाडि परे ।

नोउ क्याम्पमा गोलरहित बराबरीमा रोकेर एट्लेटिकोले बार्सालाई अंक तालिकामा अगाडि बढ्न दिएन । लिगका पछिल्ला दुई खेलमा स्वारेज एट्लेटिकोका लागि हिरा बने । दुवै खेलमा स्वारेजले नै टिमका लागि निकै क्रुसियल गोल गरे । ओसासुनाविरुद्ध ८१ औं मिनेटसम्म एक शुन्यले पछि रहेको बेला ८२ औं मिनेटमा रेनन लोडीले बराबरी गोल फर्काए भने ८८ औं मिनेटमा स्वारेजले गरे गर्दै टिमलाई दुई एकको जित दिलाए । लिगको अन्तिम खेलमा त झन स्वारेज हिरो बने । पहिलो हाफमा एक शुन्यले पछि परेको अवस्थामा एट्लेटिकोले दोस्रो हाफमा दुई गोल गर्दा एक गोल स्वारेजको नाममा रह्यो । जुन गोल उसलाई लिग जित्न मुख्य रह्यो ।

बार्सिलोनाले फ्याकेका खेलाडीले अर्को क्लवमा गएर लिग जितेको अरुपनि उदाहरण छन । सन् २०१३ मा बार्सिलोनाले डेविड भियालाई मात्र पाँच मिलियनमा एट्लेटिकोमा विक्रि गरेको थियो । त्यो बेला भियालाई हेपेर बार्सिलोनाले विक्रि गर्दा सोहि सिजनमा एट्लेटिकोले ला लिगाको उपाधि जितेको थियो । यसपटक स्वारेजका लागि पनि यस्तै भयो ।

लिगको उपाधि जितेपछि स्वारेजले बार्सिलोनाले गरेको ब्यवहारलाई सम्झिदै आफ्नो परिवारसँग कुरा गर्दा मैदानमा नै रोएका थिए । तर अब उनी एट्लेटिकोमा अर्को एक सिजन रहने पक्का भएको छ । उनी अब आफुलाई झन बलियो बनाउने पक्षमा छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey