हेरी केनले जिते गाेल्डेन बुट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०९
  • |
  • 430 पटक हेरिएको

प्रिमियर लिगको गोल्डेन बुटको अवार्ड टोटनहमका स्ट्राइकर हेरी केनले जितेका छन । उनले यो अवार्ड तेस्रो पटक जित्न सफल भए ।

यो सिजनमा प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै उनले यो अवार्ड जितेका हुन । प्रिमियर लिगमा केनले कुल २३ गोल गर्दा १४ एसिस्ट गरेका थिए । उनका निकटतम प्रतिद्धन्द्धी मोहम्मद सलाहले २२ गोल गरेका थिए ।

लेस्टरलाई हराउँदा केनले पनि एक गोल गरेका थिए । जुन गोल उनलाई गोल्डेन बुट दिलाउन पर्याप्त बन्यो । यसका साथै उनले लेस्टरविरुद्ध एक एसिस्टपनि गरेका थिए ।

यो सिजनमा टोटनहम सातौं स्थानमा रहेको छ । उ भन्दा तल आर्सनल र माथि वेष्ट ह्याम र लेस्टर सिटी रहे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey