लिभरपुल र चेल्सी च्याम्पियन्स लिगका लागि छनाैट, लेस्टरले युराेपा लिग खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०९
  • |
  • 758 पटक हेरिएको

साविक विजेता लिभरपुल र चेल्सी अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनौट भएका छ । लिभरपुलले यो सिजनको लिगको अन्तिम खेलमा जित निकाल्दै च्याम्पियन्स लिगमा स्थान बनाउन सफल हुँदा चेल्सीले हारपछि पनि च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भयो । लिगको अन्तिम खेलमा लेस्टर सिटी टोटनहमसँग पराजित भएपछि चेल्सीको बाटो खुलेको हो । लेस्टरले अर्को सिजनको युरोपा लिग खेल्नेछ ।

लिगको अन्तिम खेलमा योर्गेन क्लोपको टिम लिभरपुलले क्रिस्टल प्यालेसलाई एक शुन्यले हरायो भने लेस्टरले टोटनहमलाई दुई एकले पराजित गर्यो । यता चेल्सी एस्टोन भिल्लासँग दुई एकले हार्न पुग्यो ।

भिल्ला पार्कमा भएको खेलमा एस्टोन भिल्लाले चेल्सीको अर्को सिजनमा च्याम्पियन्स लिग खेल्ने सपना अधुरो बनायो । खेलको ४३ औं मिनेटमा चेल्सीविरुद्ध उसका पूर्व खेलाडी बेर्टनार्डले गोल गर्दै एस्टोन भिल्लालाई अग्रता दिलाए । पहिलो हाफमा एक गोलले अगाडी रहेको स्टोन भिल्लाले ५२ औं मिनेटमा अन्तर दुई शुन्यमा पुर्यायो । उसका लागि इल गाजीले गोल गरे ।

खेलको ७० औं मिनेटमा चेल्सीका बेन चिलवलले गोल गर्दै अन्तर दुई एकमा पुर्याएका थिए । उनले क्रिस्टियन पुलिसिचको पासको सदुपयोग गरे । तर त्यसपछि चेल्सी खेलमा फर्कन सकेन र पराजित भयो । यो हारले उसलाई लिगको पाँचौ स्थानमा झारेको छ ।

लिभरपुलकाे आशा हकिकतमा परिणत

अर्को खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई दुई शुन्यले हरायो । उसको जितमा साडीयो मानेले दुबै गोल गरे । खेलको ३६ औं मिनेटमा मानेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अगाडी रहेको लिभरपुलले ७४ औं मिनेटमा मानेकै गोलमा अन्तर दुई शुन्यमा पुर्यायो ।

लिगमा ६ खेल बाँकी हुँदा च्याम्पियन्स लिगमा छनौट हुने खतरामा रहेको लिभरपुलले त्यसपछि लगातार पाँच खेलमा जित निकाल्दै अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट हुन सफल भयो । अन्तिम खेलमा पनि शिर्ष चारमा पुग्नका लागि उसलाई जित्नैपर्ने थियो । जसमा सफल पनि भयो । उसका लागि साडियो माने हिरो बने ।

हारले लेस्टरकाे सुनाैलाे अवसर खेर

लेस्टर सिटी टोटनहमसँग चार दुई गोलले पराजित भयो । त्यसो त लेस्टरले दुई पटकको अग्रता जोगाउन सकेन । लेस्टरले दुबै गोल पेनाल्टीमा गरेको थियो । खेलको १८ औं मिनेटमा जिमी भार्डीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । तर ४१ औं मिनेटमा हेरी केनले गोल गर्दै टोटनहमलाई खेलमा फर्काए । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ५२ औं मिनेटमा लेस्टरले दुई एकको अग्रता बनायो । यसपटक पनि भार्डीले पेनाल्टीमा गोल गरे ।

तर त्यसपछि टोटनहमले दुई गोल गर्न सफल भयो । ७६ औं मिनेटमा कास्पेर पिटरले पेनाल्टीमा गोल गर्दै खेल दुई दुईको अवस्थामा पुर्याए ।
८७ औं मिनेटमा ग्यारेथ बेलले हेरी केनको पासमा गोल गर्दै टिमलाई तीन दुईको जित दिलाए । त्यसपछि ९० औं मिनेटमा बेलले नै गोल गर्दै टोटनहमलाई अन्तिम खेलमा उत्कृष्ट जित दिलाए ।

जितपछि लिभरपुलको ३८ खेलमा ६९ अंक भएको छ र उसले तेस्रो स्थानमा रहँदै लिग सकेको छ । चेल्सी चौथो स्थानमा झरेको छ भने लेस्टर पाँचौ स्थानमा नै रहेको छ । जितपछि टोटनहम छैटौं स्थानमा नै रहेको छ भने आर्सनल सातौं र टोटनहम आठौं स्थानमा रहेका छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey