हसनको चार विकेटकमा श्रीलंकाविरुद्ध बंगलादेश ३३ रनले विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०९
  • |
  • 287 पटक हेरिएको

श्रीलंकाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा बंगलादेश विजयी भएको छ । आइतबार ढाकामा पाहुना टोली श्रीलंकाले २५८ रनको लक्ष्य पछ्याउन नसक्दा बंगलादेश ३३ रनले विजयी भएको हो । याेसँगै तीन वटा एक दिवसीय म्याचकाे सिरिजमा बंगलादेशले एक सून्यकाे अग्रता लिएकाे छ ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले ७४ रनको पारि खेल्दै श्रीलंकालाई खेलमा भने फर्काएका थिए । आठौं विकेटका रुपमा हसरंगा २११ रनको स्कोरमा आउट भएपछि लगत्तै सोही स्कोरमा नवौं विकेट पनि श्रीलंकाले गुमाएको थियो ।

त्यसपछि थप १३ रन जोड्दा अन्तिम विकेटको रुपमा दुसमान्था चमिरा व्यक्तिगत ८ रनमा क्याच आउट भएपछि बंगलादेश ३३ रनले विजयी भयो ।

श्रीलंकाका लागि कप्तान कुशल परेराले ३० रन बनाउँदा कुशल मेन्डिसले २४ रनको योगदान गरेका थिए ।
इशुरु उडानले २१ रन बनाउँदा अरु खेलाडीको प्रदर्शन सम्झना लायक रहेन ।

बंगलादेशका लागि मेहदी हसन मिराजले सर्वाधिक चार विकेट लिँदा मुस्तिफिजुर रहेमानले तीन विकेट लिए । यसैगरी मोहमद सैफरुद्धिनले दुई विकेट लिँदा शाकिव अल हसनले एक विकेट हात पारे ।

टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २५७ रन बनायो । बंगलादेशका लागि तीन जना खेलाडीले अर्धशतकीय पारि खेलेका छन् । मुस्फिकुर रहिमले सर्वाधिक ८४ रन बनाउँदा मोहमुदुल्लाहले ५४ तथा तमिम इकबालले ५२ रनको योगदान गरेका थिए ।

मोहमुदुल्लाहको यो एक दिवसीय क्रिकेटमा २४ औं अर्धशतक हो । सकिब अल हसनले १५ रन बनाउँदा लिन्टन दास र मोहमद मिथुनले खाता नै खोल्न सकेनन् ।

अन्तिमसम्म क्रिजमा रहेका अफिफ हुसेन २७ तथा मोहमद सैफुद्धिन १३ रनमा नटआउट रहे । श्रीलंकाका लागि धनञ्जय डा सिल्भाले सर्वाधिक तीन विकेट लिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey