बंगलादेश भ्रमणमा रहेको श्रीलंकाली टोलीका तीन सदस्यमा कोरोना संक्रमण

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०९
  • |
  • 418 पटक हेरिएको

बंगलादेश भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टिममा तीनजना सदस्यलाई कोरोना संक्रमण देखिएको छ ।

तीन एकदिवशीय शृखंलाका लागि श्रीलंकाली टोली ढाका पुगेको थियो । बंगलादेश र श्रीलंकाबीचको पहिलो एकदिवशीय खेल आज हुने तय थियो ।

टिममा दुई खेलाडी र एकजना प्रशिक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि शृंखला स्थगित हुनसक्ने ईएसपीएनले जानकारी दिएको छ ।

पहिलो परीक्षणमा संक्रमण देखिएकाहरुको दोस्रोपल्ट परीक्षण गरिएको छ र उनीहरु नतिजाको प्रतीक्षामा छन् ।

बंगलादेश र श्रीलंकाको यो शृंखला विश्वकप सुपर लिगको हिस्सा हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey