सिजनको अन्तिम खेलमा बार्यनको सानदार जित, लेवान्दाेस्कीकाे कीर्तिमान

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०८
  • |
  • 769 पटक हेरिएको

जर्मन बुन्डेस लिगाको उपाधि जितिसकेको बार्यन म्युनिखले अन्तिम खेलमा पनि जित हात पार्दै सिजनको सुखद् अन्त्य गरेको छ ।

शनिबार राति भएको खेलमा १२ औं स्थानमा रहेको अक्सबर्गलाई बार्यनले ५–२ गोल अन्तरले पराजित गरेको हो ।

Image
बार्यनको जितमा सर्ज गेनब्री, जोशुआ किम्मिच, केन्सली कोम्यान र रोवर्ट लेवान्डोस्कीले एक एक गोल गर्दा शुरुवाती गोल भने उपहारमा पाएको थियो । अक्सबर्गका जेफरी गौबेलीउवले चौथो मिनेटमै उपहारमा गोल दिए पछि बार्यनले अग्रता लिएको थियो । २३ औं मिनेटमा गेनब्रीले गोल गरेपछि अग्रता दोब्बर भएको थियो ।

३३ औं मिनेटमा किम्मिचले टिमका लागि तेस्रो गोल गरेका थिए । ४३ औं मिनेटमा कोम्यानले गोल गरेपछि बार्यनले पहिलो हाफमै चार सून्यको अग्रता लिएको थियो । दोस्रो हाफमा भने बार्यनले एक गोल थप्दा उल्टै २ गोल खान पुगेको थियो ।

Image
एन्ड्रे हानले ६७ औं मिनेटमा गोल गर्दै अक्सबर्गलाई ४–१ मा ल्याएका थिए भने फ्लोरियन निदरलेचनरले ७१ औं मिनेटमा गोल गर्दै खेल ४–२ मा ल्याएका थिए । रोवर्ट लेवान्डोस्कीले ९० औं मिनेटमा गोल थपेपछि बार्यन ५–२ गोल अन्तरले विजयी भयो । यो नतिजासँगै बार्यनले ७८ अंकका साथ बुन्डेस लिगाको उपाधि जित्न सफल भयो । बार्यनको यो नवौं बुन्डेस लिगा उपाधि पनि हो ।

अग्सवर्गविरुद्ध एक गोल गरेका लेवान्डोस्कीले एकै सिजनमा बायर्नमा सबैभन्दा बढी गोल गर्ने कीर्तिमान राखेका छन् । उनले ४७ वर्षअघि अर्थात सन् १९७१–७२ मा गर्ड मुलरले एकै सिजनमा राखेको ४० गोलको कीर्तिमान भंग गरेका हुन् । बुन्डेस लिगाकाे याे सिजनमा उनले २९ खेलमा ४१ गोल र ७ असिस्ट गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey