आपतकालिन घोषणा हुँदापनि टोकियो ओलम्पिक हुन्छ-आइओसी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०७
  • |
  • 618 पटक हेरिएको

अन्तराष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक जस्तो सुकै अवस्थामा पनि जुलाई २३ बाट अगष्ट ६ सम्म हुने बताएका छन । शुक्रबार भएको भर्चुअल बैठकमा आइओसीका शिर्ष पदाधिकारीले टोकियोमा आपतकालिन घोषणा भएपछि ओलम्पिक नरोकिने बताए ।

कोभिडका कारण एक बर्ष स्थगित भइसकेको ओलम्पिक यो बर्षपनि रद्द गर्नुपर्ने भन्दै जापानी नागरिकले विरोध गरिरहेका छन । यस्तैमा प्रतियोगिता आउन नौ साताको समय बाँकी रहेका बेला आइओसीको यस्तो भनाई आएको हो ।

जापानमा मेडिकल विशेषज्ञले पनि कोभिडका कारण स्वास्थ्य ब्यवस्था ब्यवस्थापन गर्न कठिन हुने बताइरहेका छन । आइओसीले तीन दिने भर्चुअल बैठकबाट जस्तो अवस्थामा पनि ओलम्पिक हुने बताएको छ ।

जापानका ७० प्रतिशत जनताले यो प्रतियोगिता रद्द हुनुपर्ने धारणा राखेका छन । टोकियोमा आपतकालिनको घोषणा भएपनि त्यसलाई सुरक्षित तरिकाले कसरी सम्पन्न गर्ने भन्नेमा योजना बनेको र त्यहि अनुसार प्रतियोगिता हुने आइओसीका उपाध्यक्ष जोन कोयट्सले बताए ।

आइओसीको काम नै सुरक्षित प्रतियोगिता गर्ने रहेको र त्यसमा हामी सफल हुनेमा विश्वस्त रहेको उनले बताए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey