राष्ट्रपति रनिङ शिल्डमा तेक्वान्दोतर्फ प्रदेश ३ टिम च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०२-२५
  • |
  • 225 पटक हेरिएको

नेप्लेज, २५ जेठ । दशौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद अन्तर्गत तेक्वान्दोमा प्रदेश नम्बर ३ टिम च्याम्पियन बनेको छ । प्रदेश ३ ले ४ स्वर्ण, २ रजत र १ काश्य जित्यो ।

त्यस्तै १ स्वर्ण, २ रजत र १ काश्य जितेको प्रदेश ५ दोस्रो हुँदा १ स्वर्ण र २ काश्य जितेको प्रदेश नम्बर २ तेस्रो भयो ।

कोटेश्वर तेक्वान्दो डोजाङमा भएको प्रतियोगितामा पुरुष ४५ केजीमा प्रदेश ३ का पुजन खड्काले स्वर्ण जित्दा प्रदेश ३ कै औसेसिंह तामाङले काश्य जिते । त्यस्तै प्रदेश १ का निराजन चौधरी र २ का रामकुमार श्रेष्ठले काश्य जिते ।

पुरुषकै ५१ केजी तौलसमूहको फाइनलमा प्रदेश २ का मोहम्मद सोहेव अख्तरले प्रदेश १ का सुदीप श्रेष्ठलाई हराउँदै स्वर्ण जिते । कर्णाली प्रदेशका लक्ष्मण गुरुङ र गणेश धौलाकोटीले काश्य जिते ।

पुरुष ४८ केजी तौलसमूहमा प्रदेश ५ का अजित गुप्ताले स्वर्ण जित्दा सोही प्रदेशका प्रशान्त अर्यालले रजत तथा प्रदेश सातका द्वय भुवन सार्की र आरएन खड्काले काश्य जिते ।

महिलाको ४२ केजी तौलसमूहमा प्रदेश ३ की सदिक्षा कार्कीले कर्णाली प्रदेशकी राजकुमारी गुरुङलाई हराउँदै स्वर्ण जितिन् । यस स्पर्धामा प्रदेश ३ की करिना नगरकोटी र प्रदेश ५ की अस्मिता चन्दले काश्य जिते ।

महिलाकै ४४ केजीमूनि तौलसमूहमा प्रदेश ३ की सुजिना तामाङले स्वर्ण जित्दा सोही प्रदेशकी सरिता रुवालीले रजत तथा प्रदेश ४ की अन्जना परियार र कर्णाली प्रदेशकी निशा केसीले काश्य जिते ।

महिला ४६ केजीमा पनि प्रदेश ३ कै योगमाया श्रेष्ठले स्वर्ण जितिन् । उनले फाइनलमा प्रदेश ५ की निलिमा मल्ललाई हराइन् । प्रदेश २ की निजिया सिद्धिका र प्रदेश ४ की रश्मी श्रेष्ठले यस स्पर्धामा काश्य जिते ।

प्रतियोगितामा महिला र पुरुषतर्फ ३–३ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey