आइपीएलका लागि समय मिलाउन बीसीसीआईद्वारा इंग्ल्याण्डसँगको सिरिजको मिति सार्न आग्रह

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०७
  • |
  • 610 पटक हेरिएको

भारतले इंग्ल्याण्डसँग अगष्ट र सेप्टेम्बरमा पाँच टेष्टको सिरिज खेल्दैछ । यस्तैमा भारतीय क्रिकेट बोर्डले इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डलाई सिरिजको समय एक साता अगाडी सार्नका लागि अनुरोध गरेको छ । बीसीसीआईले कोभिडका कारण रोकिएको आइपीएल गर्नका लागि समय निकाल्ने लक्ष्यका साथ यो अनुरोध गरेको बताइएको छ ।

भारतले वल्र्ड टेष्ट च्याम्पियनसिपको फाइनल खेलेपछि इंग्ल्याण्डसँग पाँच टेष्टका सिरिज खेल्ने तालिका छ । जुन अगष्ट र सेप्टेम्बरमा राखिएको छ । सिरिज अगष्ट चारबाट सुरु भएको १७ सेप्टेम्बरमा सकिनेछ ।

तर अहिले बीसीसीआईले इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डलाई सिरिज एक साता अगाडी सार्नका लागि पत्राचार गरेको बताएको छ । तर इसीबीले अहिलेसम्म बीसीसीआईलाई कुनै जवाफ पठाएको छैन ।

यता इसीबीले भने खेलको तालिका परिवर्तन गर्न नसकिने संकेत गरेको छ । इसीबीले नै २१ जुलाईबाट २१ अगष्टसम्म द हन्ड्रेड क्रिकेट प्रतियोगिता गर्दैछ । त्यसका लागि पनि सबै तयारी गर्नुपर्ने र टेष्ट खेलका लागि टिकटको विक्रिपनि भइसकेको बताएको छ ।

बीसीसीआईले सेप्टेम्बरमा तीन सातामा आइपीएल गर्ने योजना बनाएको छ । कोभिडका कारण विचमा स्थगित हुनुभन्दा अगाडी २९ खेल हुँदा ३१ खेल भने बाँकी छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey