राष्ट्रिय फुटबल टिममा तीन महिनामा परिवर्तन ल्याएर देखाउछु-प्रशिक्षक अब्दुल्लाह

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०६
  • |
  • 429 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफुलाई राष्ट्रिय टिममा परिवर्तनका लागि मात्र तीन महिनाको समय आवश्यक रहेको बताएका छन । उनले अहिले राष्ट्रिय टिम छनौट गर्दा जुन किसिमको भनाई आफुले खाए त्यसले निकै निराश भएको बताएका छन ।
आफुले यो टिमलाई विश्वकप छनौट चरण पार गर्ने लक्ष्यका लागि नभएर भविष्यको टिम बनाउने लक्ष्यका साथ बनाएको बताए ।

तर अहिले टिममा परिवर्तन ल्याउँदा खेपेको भनाईले निकै निराश भएको बताए । यतिबेला इराकविरुद्धको मैत्रीपुर्ण खेलका साथै फिफा विश्वकप छनौटको अन्तिम तयारीमा रहेको छ । यस्तैमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ३२ जना खेलाडीको टिम बनाइसकेका छन । पहिलो पटक नेपाली फुटबल टिमको प्रशिक्षक बनेका अब्दुल्लाहले यो पटक टिममा निकै परिवर्तन गर्दा त्यसको आलोचना भएपछि निकै निराश भएको बताएका छन । उनले प्रशिक्षण राम्रो भइरहेको र सबै खेलाडी फिट भएको बताएका छन ।

पहिलो पटक टिम घोषणा गर्दा ६ जना नयाँ अनुहार समेटेर अनुभवी खेलाडीलाई टिममा राखेको भन्दै आलोचना खाएको भन्दै उनले आफु निकै रुष्ट भएको बताए । उनले यो पटक टिममा परिवर्तन किन गरेको भन्ने प्रष्ट पारे ।

यसका साथै उनले यो पटक टिममा काठमाडौं रेजर्सका एकपनि खेलाडी नराखेको भन्ने विषयमा झन निराश भएको बताए । उनले काठमाडौं रेजर्ससँग आफ्नो कुनै रिस नभएको तर सो टिमका खेलाडी किन नराखेको भन्नेमा खेलाडीलाई पनि आरामको खाँचो रहेको बताए ।

प्रशिक्षक अब्दुल्लाहले अनुभवी खेलाडी नराखेर ठूलो अन्तरको हार ब्यहोर्ने भन्ने कुराले आफुलाई ठेस पुगेको बताए । उनले दुई बर्षपछिको टिम बनाउनका लागि अहिले नै परिवर्तन नगरेमा त्यो परिवर्तन हामीले देख्न नपाउने बताए । अहिले ठूलो अन्तरले हार्ने भन्ने कुरामा उनले उल्टो प्रतिप्रश्न गरे ।

प्रशिक्षक अब्दुल्लाहले सञ्चारमाध्यमलाई पनि आफ्नो लागि नभएर खेलाडीको सपोर्ट गर्नका लागि आग्रह गरे । उनले खेलाडी कुनै मेसिन नभएर उनीहरुको पनि आफ्नो जीवन रहेको र फिट नभएका खेलाडीलाई लगेर जीवन नै रिस्कमा पार्न नसक्ने बताए । नेपाली फुटबल टिम मंगलबार इराकसँगको मैत्रीपुर्ण खेलका लागि जाँदैछ । त्यसपछि टिम मे ३० तारिखमा फिफा विश्वकप छनौटका लागि कुवेत जानेछ । जहाँ नेपालले जुन तीन तारिखमा चाइनीज ताइपेई, जुन सातमा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

निराश बनेका प्रशिक्षक अब्दुल्लाहकाे भावुक धारणा भिडियाेमा

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey