कोरोनाबाट कति खेलकर्मी प्रताडित भए ? राखेपसँगै छैन डाटा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०३
  • |
  • 579 पटक हेरिएको

मुक्तिबाबु रेग्मी / नेप्लेज ।

कोरोना महामारीको दोस्रो लहरले ब्यापक मात्रामा नेपालीलाई पनि प्रभावित पारेको छ । कोरोनाका कारण अहिलेसम्म ५ हजार २ सय बढीको मृत्यु भइसकेको छ भने अहिले सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार बढी हुँदा गत वर्षदेखिकै संख्या जोड्ने हो भने चार लाख जना संक्रमित भइसकेका छन् ।

कोरोनाबाट नेपालको पनि कुनै क्षेत्र अहिलेसम्म बाँकी बचेको छैन । यसको प्रभाव चारै तिर परेको छ । कोरोनाकै कारण अहिलेसम्म कति खेलाडी संक्रमित भए कतिको मृत्यु भयो भन्ने औपचारिक तथ्यांक पनि पाइएको छैन ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले अहिलेसम्म तथ्यांक राख्न त के संकलन पनि गर्न शुरु गरेको छैन । राखेपका प्रशासन विभाग प्रमुख तथा प्रवक्ता कुलबहादुर थापाले तथ्यांक संकलन गर्न नसकीएको स्वीकार गरे । ‘अहिले धेरैले खुलेर कुरा नगर्ने भएकाले परिषद्लाई पनि तथ्यांक संकलन गर्न अप्ठेरो परेको छ ।’ उनले भने ।

राखेप प्रबक्ता : कुलबहादुर थापा

अहिलेसम्म कोरोना भाइरसबाट क्योकुसिन करातेको पहिलो ब्याचका खेलाडी राजीप्रसाद बज्राचार्यको निधन भएको छ ।

उनको वैशाख २१ गते उपचारका क्रममा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा निधन भएको थियो ।

यसैगरी २२ गते बुद्धिचाल खेलको पूर्व राष्ट्रिय खेलाडी विजयकुमार थापाको निधन भएको थियो ।

२३ गते भारत्तोलन प्रशिक्षक तथा अन्तर्राष्ट्रिय भारत्तोलन खेलाडी शकिल अहमद हलवाईको २३ गते निधन भएको थियो । अहिलेको अवस्थामा धेरै खेलाडीहरु संक्रमित पनि भएका छन् ।

कतिपयले आफू संक्रमित भएको विषयमा जानकारी नगराउँदा आधिकारिक संख्या भन्न सकिने अवस्थामा नरहेको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बताए ।

उनले भने ‘अहिले धेरै खेलाडी तथा प्रशिक्षकहरु पनि संक्रमित हुनु भएको छ उहाँहरुका परिवार पनि संक्रमित भएर अस्पतालमा भए पनि कतिले सोध्दा पनि नभन्ने अवस्था रहेको छ ।’

दीपक श्रेष्ठ, अध्यक्ष, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रि खेलाडी संघ

यता राखेपका प्रवक्त थापाले अहिले आफूहरु संक्रमितको संख्या पत्ता लगाउन लागि परे पनि अवस्था त्यति सहज नभएको बताए ।

‘अहिले निषेधाज्ञाका कारण कार्यालयमा उपस्थित हुने वातावरण छैन, जसले गर्दा कति कुराहरु घरमै बसेर भन्न असजिलो हुन्छ ।’ उनले भने ।

सामाजिक सञ्जालमा राखिएका पोस्टकै आधारमा भन्ने हो भने ६०–७० जना खेलकर्मी र उनीहरुका परिवारहरु संक्रमित भएको थापाले बताए ।

आधिकारिक रुपमा राखेपले अब तथ्यांक संकलन गर्ने पनि थापाले बताए ।

उनले राखेपले सोमबार जुम वैठक मार्फत सवै प्रदेशका प्रशिक्षक तथा पदाधिकारीहरुसँग छलफल गर्न लागेकाले त्यसबाट संख्या आउने विश्वास पनि व्यक्त गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey