एनएसएलः काठमाडौं रेजर्स फाइनलमा, उपाधिका लागि धनगढी एफसीसँग नै खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-३०
  • |
  • 582 पटक हेरिएको

 

नेपाल सुपर लिगको उपाधिका लागि धनगढी एफसी र काठमाडौं रेजर्सविच प्रतिस्पर्धा हुनेछ । दाेस्राे क्वालिफायर्समा काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीलाई तीन शुन्यले हराउँदै काठमाडौंले फाइनलमा स्थान बनायो । धनगढीसँग नै पहिलो क्वालिफायर्समा पराजित भएको काठमाडौंले अन्तिममा उपाधिका लागि पनि फेरी त्यहि टिमसँग खेल्ने भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा काठमाडौंको जितमा मेसौके ओलाेमाउले दुई गोल गरे भने स्टेफेन विनोङले एक गोल गरे । त्यसो त खेलको सुरुवतमा नै ललितपुरले दुई वटा उत्कृष्ट मौका खेर फालेको थियो । खेलको आठौं मिनेटमा ललितपुरले निकै उत्कृष्ट मौका खेर फाल्यो । नुर्लानले डिबक्समा मिलाएको क्रसमा भिलिन गोल गर्नबाट चुके ।

नबौं मिनेटमा काठमाडौंले पनि अर्को राम्रो मौका खेर फाल्यो । उसका बिनोङको प्रहार पोलमा लागेर फर्किदा पाएको मौकामा आशिष राईको प्रहार पोष्टमा रहन सकेन ।

१३ औं मिनेटमा काठमाडौंले पेनाल्टीको अवसर पायो । विनोङको क्रसमा मेसौकेले बल अगाडी बढाउन खोज्दा कमल श्रेष्ठले लडाए । जसका कारण रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टी दिए । सो अवसरलाई मेसौकेले नै गोलमा परिणत गरे । ललितपुरका गोलकिपर अर्पण कार्कीले पेनाल्टी हानेको साइट पत्ता पाएपनि बचाउन सकेनन् ।

खेलको २२ औं मिनेटमा काठमाडौंले अन्तर दुई शुन्यमा पुर्यायो । उसका लागि मेसौकेले डिबक्स भित्रबाट गरेको सशक्त प्रहार गोलमा परिणत भएको थियो ।

दुई गोलले पछि परेको ललितपुरले २८ औं मिनेटमा अर्को उत्कृष्ट मौका खेर फाल्यो । यसपटक अञ्जन विष्टले मिलाइदिएको बलमा गौरब बुढाथोकीले डिबक्स भित्रबाट गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

४१ औं मिनेटमा मेसौकेले लामो दुरीबाट प्रयास गरेपनि त्यो फ्रेममा रहन सकेन । त्यसपछि ४३ औं मिनेटमा ललितपुरका विलिनले गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

पहिलो हाफमा दुई शुन्यको अग्रता बनाएको काठमाडौंले ६० औं मिनेटमा तेस्रो गोल गर्यो । यसपटक उसका लागि स्टेफेन विनोङले गोल गर्न सफल भए ।

७० औं मिनेटमा ललितपुरले डिबक्सको नजिकै फ्रिकिकको अवसर पाएको थियो । जसलाई डोना थापाले प्रहार गर्दा पोष्टको माथिबाट बाहिरीयो । ७२ औं मिनेटमा काठमाडौंले अर्को अवसर खेर फाल्यो । स्टेफन विनोङको कम्बिनेसमा मेसौकले डिबक्स भित्र बललाई राम्रोसँग कनेक्ट गर्न पाएनन् । जसका कारण अर्को सुनौलो मौका खेर फाल्यो ।

खेलको ७४ औं मिनेटमा काठमाडौंले अर्को राम्रो मुभ बनाएको थियो । उसका विदेशी खेलाडी स्टेफन विनोङले डिबक्स भित्रबाट गरेको प्रहार लिलितपुरका गोलकिपर अर्पण कार्कीले बचाए । ७९ औं मिनेटमा ललितपुरका अञ्जन विष्टले डिबक्स नजिकैबाट गरेको प्रहारपनि पोष्टको माथिबाट बाहिरीयो ।

त्यसपछि पनि ललितपुरले खेलमा फर्कनकालागि भरपुर प्रयास गरेको थियो । तर सफल भएन । यता काठमाडौंले पनि थप गोल गर्न सकेन । जसका कारण काठमाडौंले तीन शुन्यको जित निकाल्दै फाइनलमा स्थान बनायो ।

अब उपाधिका लागि काठमाडौंले शनिबार धनगढीसँग खेल्नेछ । जारी प्रतियोगितामा यी दुई टिम तेस्रो पटक खेल्नेछन । लिग चरण र क्वालिफार्यमा दुई टिम खेल्दा दुबै खेलमा धनगढी विजयी भएको थियो । लिग चरणको खेलमा तीन शुन्यले हराएको धनगढीले क्वालिफायर्समा एक शुन्यको जित निकालेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey