नेपाली फुटबल टिमले सुरु गर्यो प्रशिक्षण

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२८
  • |
  • 979 पटक हेरिएको

इराकविरुद्धको मैत्रीपुर्ण खेलका साथै फिफा विश्वकप छनौटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आजबाट सुरु भएको छ । नेपाल सुपर लिगमा सहभागि भएर लिग चरणबाट नै बाहिरीएका टिममा रहेका खेलाडीलाई लिएर प्रशिक्षण सुरु गरिएको हो ।

टिमका नयाँ प्रशिक्षक अब्दुल्लाह अल्मुतेरेइले एनएसएलबाट बाहिर भएका पोखरा थन्डर्स, चितवन एफसी र विराटनगर टिमबाट क्याम्पमा बोलाइएका खेलाडीलाई समावेश गरेर क्याम्प सुरु गरेका हुन । अब मंगलबार बाहिर हुने टिमका खेलाडीपनि यो क्याम्पमा सहभागि हुनेछन ।

प्रशिक्षक अब्दुल्लाहले अहिलेका लागि खेलाडीको फिटनेस र डाइटमा ध्यान दिएको बताए । उनले दिनमा दुई पटक प्रशिक्षण हुने र विहान प्रशिक्षण र साँझ फिटनेस डाइटमा ध्यान दिइने बताए ।

अब्दुल्लाहले इराकसँगको मेत्रीपुर्ण खेलका लागि ३२ खेलाडी खेलाडीलाई क्याम्पमा बोलाएका छन । त्यहि टिमबाट अन्तिम खेलाडीको टुंगो लाग्नेछ । मे २९ मा नेपालले इराकसँग उसकै मैदानमा मैत्रीपुर्ण खेल खेलेर विश्वकप छनौटका लागि कुवेत जानेछ ।

कुवेतमा नेपालले जुनमा चाइनीज ताइपेई, जोर्डन र अष्ट्रेलियासँग खेल्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey