बीसीसीआईकाे निर्देशन: इंग्ल्याण्ड सिरिज अगाडी कसैलाई काेराेना भए टिम बाहिर हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२८
  • |
  • 269 पटक हेरिएको

भारतीय क्रिकेट बोर्डले इंग्ल्याण्ड भ्रमणमा जाने सबै खेलाडीलाई कडा निर्देशन दिएको छ । यो सिरिजका लागि जाने जो कोही खेलाडीको रिपोर्ट पोजेटिभ आएको खण्डमा टिम बाहिर हुने र आफ्नो स्वास्थ्यको सुरक्षा आफैले गर्नुपर्ने चेतावनी दिएको छ । भारतीय क्रिकेट टिमका फिजियोको सल्लाहमा बीसीसीआई सबै खेलाडीलाई यस्तो चेतावनी दिएको हो ।

इंग्ल्याण्डमा भ्रमणका लागि उड्नु अगाडी सबै टिम मुम्बईमा जम्मा हुनेछन । त्यो भन्दा अगाडी सबै खेलाडीलाई स्वास्थ्य सावधानी अपनाइर क्वारेन्टिनमा बस्नका लागि निर्देशन दिइएको छ । भारतीय खेलाडीलाई १९ मे बाट मुम्बईमा बायो बबलमा राखिनेछ । त्यहाँ १० दिनको क्वारेन्टिनपछि टिम इंग्ल्याण्ड प्रस्थान गर्नेछ ।

सबै खेलाडीको होटेलमा प्रवेश गर्दापनि कोरोना परिक्षण गरिनेछ । यतिमात्र होइन, यसपटक बीसीसीआईले खेलाडीलाई विशेष बायोबबल बनाउने भएको छ । किनकी इंग्ल्याण्ड टुरमा जाने २० खेलाडी विभिन्न राज्यबाट भएको र कोरोनाको सबै सबै राज्यमा फरक फरक रहेकोले कडा बायोबबलको नियम बनाइने भएको छ ।

भारतीय क्रिकेट बोर्डले यदि कुनैपनि खेलाडीलाई इंग्ल्याण्ड प्रस्थान गर्नु अगाडी कोरोना पोजेटिभ देखिएको खण्डमा उनीहरुलाई सोझै टिमबाट बाहिर राखिने र पछि पनि टुरका लागि चार्टड फ्लाइटको ब्यवस्थापन नहुने बताएको छ । आइपीएलका बेला नै खेलाडीमा कोरोना देखिएपछि अहिले बीसीसीआईले झन बढि सावधानी अपनाएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey