एनएसएलमा सुजलकाे अनुभव-‘म्यानेजर हुँदाकाे प्रेसर प्रत्यक्ष अनुभव गरियाे’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२७
  • |
  • 676 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका महत्वपुर्ण सदस्य सुजल श्रेष्ठले चोटका कारण पहिलो संस्करणको नेपाल सुपर लिग खेल्न पाएनन् । पोखरा थन्डर्सबाट खेल्ने तयारीमा रहेका बेला अन्तिम समयमा पिडौलाको चोटका कारण उनी टिम बाहिर भए । उनलाई चोट लागेपछि पोखरा टिमको ब्यवस्थापकसँग आफु नखेल्ने र पाएको रकम फिर्ता गर्न भनेर भेट्न गएका थिए ।

तर पोखरा टिमले उनलाई नछोड्न बरु टिमसँगै बस्न भनेपछि क्लवको सो आग्रहलाई उनले अस्विकार गर्न सकेनन् । त्यसपछि सुजल पोखरा थन्डर्सको म्यानेजरका रुपमा टिममा रहे ।

पहिलो पटक टिमको म्यानेजरको जिम्मेवारी पाएका सुजलले यो भूमीकाबाट आफुले धेरै कुरा सिक्ने मौका पाएको र भविष्यमा काम लाग्ने बताए । उनले म्यानेजर भएर काम गर्नु निकै चुनौतीपुर्ण र दबावपुर्ण रहेको नेप्लेजसँगको कुराकानीमा बताए ।

यसका साथै खेलाडी हुँदा खेलमा मात्र ध्यान हुने भएपनि म्यानेजर भएपछि धेरै कुराको एकै पटक ध्यान गर्नुपर्ने, खेलाडीको सबै कुरालाई पुर्याउनु पर्ने लगायतको दबाव रहेको बताए ।

साथै उनले आफुले म्यानेजरको काम सम्हाल्दा राष्ट्रिय टिमको म्यानेजरलाई कति दुःख हुँदो रहेछ भन्ने फिल भएको बताए ।

पोखरा थन्डर्सले नेपाल सुपर लिगमा लिग चरण भन्दा माथि जान सकेन । टिमले चाहिने खेलमा गोल गर्न नसक्दा अरुको खेलमा भर पर्नुपरेको थियो । जसका कारण पनि उसलाई घाटा भएको थियो ।

यसका साथै सुजलले चोट निको हुन केहि समय लाग्ने भएकाले विश्वकप छनौट र इराकसँगको मैत्रीपुर्ण खेलका लागि टिम बाहिर हुने बताए ।

हेराै सुजल श्रेष्ठसँगकाे कुराकानी

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey