चितवनविरुद्ध काठमाडौं २-० ले अगाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२६
  • |
  • 389 पटक हेरिएको

नेपाल सुपर लिगमा अहिले काठमाडौं रेजर्स र एफसी चितवन विच प्रतिस्पर्धा भइरहेको छ । जसमा काठमाडौं रेजर्स दुई शुन्यले अगाडी रहेको छ ।

दशरथ रंगशालामा जारी खेलको १७ औं मिनेटमा काठमाडौंले खेलमा अग्रता बनायो । उसका लागि मेसौकेले वन भर्सेस वनमा गोल गर्न सफल भए । उनले चितवनका दुई जना डिफेन्डरलाई विट गर्दै उत्कृष्ट फिनिस गरे ।

२० औं मिनेटमा जर्ज प्रिन्स कार्कीले पाएको मौकामा सफल हुन सकेन । उनले डिबक्समा पाएको बललाई समयमा नै प्रहार गर्न सकेनन् । २१ औं मिनेटमा चितवनका विदेशी खेलाडी सबानको प्रहार काठमाडौंका गोलकिपरले सहजै बचाए ।

२५ औं मिनेटमा रजिन लोप्चाङको डिबक्स बाहिरको प्रहार पोष्टको माथिबाट बाहिरीयो । ३३ औं मिनेटमा काठमाडौं रेजर्सले खेलमा अन्तर दुई शुन्यमा पुर्यायो । उसका विश्वास उदासले विश्वास श्रेष्ठलाई दिएको बल सञ्जोग राईले गोल गर्न सफल भए ।

३५ औं मिनेटमा फेरी पनि सञ्जोग राईले चितवनका गोलकिपर विट गरिसकेको अवस्थामा प्रहार गरेको बल पोष्टको निकै माथि रह्यो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey