सुपर लिगकाे याेजना मर्न नदिने बार्सिलाेना, रियल र युभेन्टसकाे दाबी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२५
  • |
  • 457 पटक हेरिएको

युभेन्टस, बार्सिलोना र रियल मड्रिडले संयुक्त रुपमा विज्ञेप्ती जारी गर्दै अनावश्यक दबाव र धम्कीका कारण युरोपियन सुपर लिगको प्रोजेक्टलाई रोक्नुपरेको बताएका छन ।

युरोपियन क्लवका ठूला क्लवले फुटबलको अहिलेसम्म कै ठूलो प्रोजेक्टलाई सुरु गर्ने भन्दै १२ क्लवले यो प्रतियोगिताको घोषणा गरेका थिए । त्यसमा नौ क्लवले ४८ घण्टामा नै नाम फिर्ता लिएका थए । तीन दशमलव पाँच बिलियन पाउण्ड बजेट रहेको सो प्रोजेक्टलाई रोक्नका लागि जुन किसिमको दबाव र धम्की दिइयो, त्यो विरुद्ध खुलेर लड्ने बताएका छन ।

सुपर लिगमा संलग्न हुने भनेका १२ मध्ये नौ क्लवले पछि युरोपियन फुटबल महासंघसँग गोप्य रुपमा सम्झौता गरेको र उनीहरुले जरिवानापनि तिर्न तयार भएको बताइएको छ ।

यता सुपर लिगबाट नाम फिर्ता नलिने तीन क्लवलाई दुई बर्षसम्म युरोपियन च्याम्पियन्स लिगबाट प्रतिबन्ध लगाउने युइएफएले धम्की दिएको छ । तर अझैपनि बार्सिलोना, रियल र युभेन्टस यो प्रोजेक्टलाई त्यसै मर्न नदिने योजनामा छन । जसका कारण उनीहरुले संयुक्त रुपमा विज्ञेप्ती जारी गर्दै दबाव र धम्कीले तनाव दिएको बताएका छन ।

उनीहरुले यो नयाँ प्रतियोगिताको घोषणा गरेको दिन देखि तेस्रो पार्टीले निकै दबाव दिएको र नराम्रो ब्यवहार गरेको जसले गर्दा धेरै क्लव आत्तिएर फिर्ता हुनुपरेको बताएका छन ।

उनीहरुले सुपर लिग हाल कोभिडका कारण क्लवले खेपिरहेको आर्थिक समस्यालाई समाधानको बाटो देखाउने लक्ष्यका साथ अगाडी आएको बताए । यसका साथै यो विषयमा कुरा गर्नका लागि फिफाले कुनैपनि माध्यमलाई स्विकृती नदिएको बताए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey