बार्सिलाेना र एट्लेटिकाेले बराबरी खेल्दा रियललाई फाइदा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२५
  • |
  • 368 पटक हेरिएको

स्पेनीस ला लिगाको उपाधिको होडमा रहेका बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरीमा चित्त बुझाएका छन । यो बराबरीको फाइदा रियल मड्रिडलाई भएको छ ।

क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले एट्लेटिकोविरुद्ध केहि मौका पाउको थियो । पहिलो हाफमा लियोनल मेस्सीले दुई वटा मौका पाएको थियो । तर त्यसमा उनी स्कोर गर्न सफल भएनन् ।

त्यसो त पहिलो हाफमा एट्लेटिकोले बार्सिलोना भन्दा बढि पोष्ट चार्ज गरेको थियो । सबै प्रहारमा उसले स्कोर गर्न सफल भए ।

७६ औं मिनेटमा मेस्सीले प्रहार गरेको फ्रिकिलाई पनि एट्लेटिकोका गोलकिपरले बचाए । ७० औं मिनेटमा बार्सिलोनाले खेलमा अग्रता लिएको थियो । उसका लियोनल मेस्सीको क्रसमा रोनाल्ड अराजोले गोल गरेपनि त्यसलाई अफसाइड दिइयो ।

८१ औं मिनेटमा फेरी अर्को अवसरको सिर्जना गरेको थियो । तर उसका डेम्बेलेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । ८५ औं मिनेटमा डेम्बेले, मेस्सी, अलाबा हुँदै फेरी डेम्बेलेले पाएको बल प्रहार गर्दा क्रसबारमा लागेर बाहिरीयो ।

९० औं मिनेटमा बार्सिलोनाले फ्रिकिकको अवसर पाएको थियो । जसलाई मेस्सीले प्रहार गर्दा पोष्टको निकै नजिकबाट बाहिरीयो ।

त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र दुबैले एक एक अंक बाढे । यो बराबरीपनि एट्लेटिकोको ३५ खेलमा ७७ अंक भएको छ भने बार्सिलोनाको समान खेलबाट ७५ अंक भएको छ । तेस्रो स्थानको रियलको ३४ खेलमा ७४ अंक छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey