बुटवल प्लेअफमा, पोखरा बाहिरियो, प्लेअफ समीकरण पूरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२५
  • |
  • 804 पटक हेरिएको

अन्तिम खेलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गरेपछि बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग एनएसएलको प्लेअफमा प्रवेश पाएको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा बुटवलले धनगढीलाई हराउँदा सुमन लामाले निर्णायक गोल गरे । ६ खेलबाट ८ अंक बनाएको बुटवलले पोखरा थन्डर्सलाई हेड टू हेडका आधारमा पछि पार्दै प्लेअफमा स्थान बनाएको हो ।

यसअघि नै प्लेअफमा पुगिसकेको धनगढीले आफ्ना मुख्य स्ट्राइक ओलाओलेलाई आराम दिएको थियो । जसका कारणपनि धनगढीको खेल आक्रामक रहन सकेन । खेलको १४ औं मिनेटमा अभिषेक रिजालको प्रहारलाई धनगढीको गोलकिपर किरण चेम्जोङले बचाए ।

२६ औं मिनेटमा सौजन राईको प्रहार गोलरक्षक विशाल श्रेष्ठले मुस्किलले बचाउँदा धनगढी अग्रता लिनबाट बचायो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५६ औं मिनेटमा अशोक खवासको क्रसमा दर्शन गुरुङको हेड गोलको प्रयास पोलमा लागेर बाहिरीयो ।

६५ औं मिनेटमा धनगढीका निशान लिम्बुले वान भर्सेस वनमा प्रहार गरेको बल पोलमा लागेर बाहिरीदा सुनौलो मौका खेर फाल्यो । खेलको ८० औं मिनेटमा बुटवल लुम्बिनीले खेलमा अग्रता बनायो । उका विलियमको पासमा दिनेश राजवंशीलाई विट गर्दै सुमन लामाले गोल गर्न सफल भए ।
त्यसपछि धनगढी खेलमा फर्कन सकेन र बुटवल लुम्बिनीले कठिन जित निकाल्दै प्लेअफमा पुग्यो । बुटवल र पोखराको समान आठ आठ अंक भएपछि हेड टु हेडका आधारमा बुटवल लुम्बिनीले शिर्ष चारमा स्थान बनायो ।

यो सँगै एनएसएलको प्लेअफ समीकरन पनि पूरा भएको छ । पहिलो क्वालिफायरमा शीर्ष २ स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी तथा दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसी र  बुटवलबीच हुनेछ ।

पहिलो क्वालिफायरको विजयी टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

भोलि लिग चरणको अन्तिम खेलमा चितवन र काठमाडौं खेल्दैछन् । त्यो खेलले यो समीकरणमा कुनै असर पर्ने छैन । किनभने काठमाडौं अहिले नै प्रतियोगिताको शीर्ष स्थानमा छ भने चितवन अन्तिममा रहेर प्रतियोगिताबाट बाहिरिइसकेको छ । क्वालिफायर चरनका खेलहरु मंगलबारदेखि सुरु हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey