एनएसएल : बुटवल प्लेअफमा, पाेखरा बाहिरियाे- प्लेअफ समीकरण पूरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२५
  • |
  • 507 पटक हेरिएको

अन्तिम खेलमा धनगढी एफसीलाई १-० गाेल अन्तरले पराजित गरेपछि बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग एनएसएलकाे प्लेअफमा प्रवेश पाएकाे छ ।

दशरथ रंगशालामा आज भएकाे खेलमा बुटवलले धनगढीलाई हराउँदा सुमन लामाले निर्णायक गाेल गरे ।
६ खेलबाट ८ अंक बनाएकाे बुटवलले पाेखरा थन्डर्सलाई हेड टू हेडका आधारमा पछि पार्दै प्लेअफमा स्थान बनाएकाे हाे ।

याे सँगै एनएसएलकाे प्लेअफ समीकरन पनि पूरा भएकाे छ । पहिलाे क्वालिफायरमा शीर्ष २ स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी तथा दाेस्राे क्वालिफायरमा ललितपुर सिटी एफसी । बुटवलबीच हुनेछ ।

पहिलाे क्वालिफायरकाे विजयी टाेली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टाेलीले दाेस्राे क्वालिफायरकाे विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

भोलि लिग चरणको अन्तिम खेलमा चितवन र काठमाडौं खेल्दैछन् । त्यो खेलले यो समीकरणमा कुनै असर पार्ने छैन । किनभने काठमाडौं अहिले नै प्रतियोगिताको शीर्ष स्थानमा छ भने चितवन अन्तिममा रहेर प्रतियोगिताबाट बाहिरिइसकेकाे छ ।

क्वालिफायर चरनका खेलहरु भने मंगलबारदेखि सुरु हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey