तनावपूर्ण खेलमा विराटनगरलाई हराउँदै ललितपुर एनएसएलको प्लेअफमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२५
  • |
  • 525 पटक हेरिएको

विराटनगर सिटी एफसीलाई ४-० गोल अन्तरले हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग एनएसएलको प्लेअफमा प्रवेश गरेको छ । यो नतिजाले विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

दशरथ रंगशालामा भएको तनावपूर्ण खेलमा अन्त्यतिर १० खेलाडीमा समेटिएको विराटनगरविरुद्द ललितपुरका मार्की खेलाडी अन्जन विष्टले २ तथा नुर्लान जाहिद र विमल रानाले १-१ गोल गरे ।

खेलको ३६ औं मिनेटमा अन्जन विष्टको सानदार गोल मार्फत ललितपुरले पहिलो हाफमा अग्रता लिएको थियो । विमल रानाले गरेको प्रहार विराटनगरका किशोर गिरीले रोके पनि रिवाउन्ड बलमा अन्जनले पेनाल्टी एरियाबाट सानदार ड्रप भली गोल गरे ।

गोल हुनुभन्दा १ मिनेट अगाडि पनि ललितपुरले गोलको अवसर गुमाएको थियो । एरिक विष्टले प्रहार गरेको फ्रिकिक विराटनगरका गोलरक्षक गिरीले डाइभ गरी बचाएका थिए ।

दोस्रो हाफ निकै तनावपूर्ण रह्यो । रेफ्रीले लगातार एकपक्षीय निर्णय गरेको भन्दै विराटनगर असन्तुष्ट थियो । ५५ औं मिनेटमा अन्जन विष्टले विराटनगरका सुनील बललाई बक्सभित्र फल गरेपनि पेनाल्टी नदिएकोमा विराटनगरका प्रशिक्षक यान ल र अफिसियलहरु असन्तुष्ट थिए ।

६३ औं मिनेटमा ललितपुरले दोस्रो गोल गरेपछि विराटनगरका अफिसियलले खेलाडीहरुलाई मैदानबाट निस्कन निर्देशन दिए । आयोजकले सम्झाएपछि खेल्न तयार भएका उनीहरुले ७ मिनेट खेल अवरुद्ध पारे ।

ललितपुरका लागि डोना थापाले मिलाइदिएको लामो पासमा अन्जनले क्रस गरिदिँदा विमलले ६ यार्ड वक्सबाट गोल गरेका हुन् । ८१ औं मिनेटमा ललितपुरले तेस्रो गोल गर्यो । कमल श्रेष्ठको फ्रिकिकमा अन्जनले फ्रिहेडरमा गोल गरे ।

१२ मिनेट थपिएको इन्जुरी समयमा ललितपुरले चौथो गोल गर्यो । पिटर सेगुनको पासमा नुर्लान जाहिदले एक्लो प्रयासमा सानदार गोल गरे ।

८६ औं मिनेटमा रजिन धिमालले रातो कार्ड खाँदै मैदान छाडेका थिए । विमल राणालाई फल गर्दै खेलमा दोस्रो पहेलो कार्ड पाएका कारण धिमालले रातो कार्ड बाहिरिएपछि विराटनगर १० खेलाडीमा सिमित भएको हो ।

सुरुवाती चार खेलमा तीन बराबरी र १ हारको नतिजासहित प्रशिक्षक प्रदीप हुमागाईंलाइ बर्खास्त गरेको ललितपुरले त्यसयता २ खेल जितेर प्लेअफमा स्थान बनाएको हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey