जितकाे बिकल्प नभएका दुई टिम पाेखरा र चितवन खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२४
  • |
  • 303 पटक हेरिएको

नेपाल सुपर लिगमा आज लिगको पुछारका दुई टिम पोखरा थन्डर्स र एफसी चितवनविच प्रतिस्पर्धा हुनेछ ।

दशरथ रंगशालामा हुने खेल साँझ साँढे पाँच बजेबाट सुरु हुनेछ । आज दुबै टिमका लागि गर या मरको अवस्थामा रहेको छ । किनकी दुबै टिमले आज बराबरी खेलेमा पनि प्रतियोगिताको शिर्ष चारको होडबाट बाहिरीनेछन । यदि पोखराले जित निकालेको खण्डमा शिर्ष चारमा पुग्ने झिनो आशा बाँकी हुनेछ । तर त्यसका लागि उसले अरुको खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

लिगको अघिल्लो खेलमा धनगढीसँग दुई शुन्यले पराजित भएपछि पोखराको शिर्ष चारमा पुग्ने आशा केहि निराशामा परिवर्तन भएको थियो ।

यता चितवनका लागि लागि भने शिर्ष चारमा पुग्ने संभावना फलामको चिउरा चपाउनु सरह रहेको छ । चार खेलमा एक खेलपनि जित्न नसकेको चितवनको मात्र दुई अंक छ । उसले बाँकी दुबै खेल जितेको खण्डमा पनि शिर्ष चारमा पुग्नका लागि उल्लेख्य हुने छैन ।

चितवनले अरु टिमको नजितापनि हेर्नुपर्नेछ । भरत खवासको कप्तानीमा रहेको चितवन टिमले सुरुवातबाट नै राम्रो खेल्न सकेको थिएन । त्यसमा पनि कप्तान खवास पुर्ण रुपमा फिट छैनन् । यसको प्रत्यक्ष नोक्सानी टिमलाई भइरहेको छ ।

अहिलेसम्म पोखरा पाँच खेलमा एक जित दुई बराबरी र दुई हारका साथ पाँच अंकका साथ छैटौं स्थानमा छ भने चितवन चार खेलमा जितविहिन हुँदै मात्र दुई अंकका साथ लिगको पुछारमा छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey