आइपीएलमा रहेका अष्ट्रेलियनहरु माल्दिभ्स हुँदै स्वदेश फर्किने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२३
  • |
  • 345 पटक हेरिएको

कोरोनाका कारण इन्डियन प्रिमियर लिग स्थगित भएपछि स्वदेश फर्किन अन्योलमा रहेका अष्ट्रेलियन खेलाडी, प्रशिक्षक र स्टाफ माल्दिभ्स गएका छन । उनीहरु माल्दिभ्सबाट चार्टड विमानमा अष्ट्रेलिया फर्किने भएका छन ।

अष्ट्रेलियन क्रिकेट संघले विज्ञेप्ती जारी गर्दै आइपीएलमा रहेका सबै अष्ट्रेलियनहरु माल्दिभ्सबाट अष्ट्रेलिया जाने भएका छन । उनीहरु माल्दिभ्समा केहि दिन बस्ने बताइएको छ ।

अष्ट्रेलियन सरकारले भारतबाट जाने सबै उडान १५ मे सम्मका लागि बन्द गरेको छ भने भारतबाट जाने जो कोहिलाई पनि प्रतिबन्ध लगाएको छ । यदि आएको खण्डमा पाँच बर्षको जेल सजाय हुने नियम बनाएको थियो ।

अहिले क्रिकेट खेलाडी फर्किदापनि सरकार आफ्नो नियममा कुनै लचिलो नभएको बताइएको छ । भारतीय क्रिकेट बोर्डले सबै अष्ट्रेलियनलाई सुरक्षित स्वदेश फर्काउनका लागि विशेष पहल गरिरहेको छ । जसमा उनीहरुलाई माल्दिभ्स वा श्रीलंकाबाट अष्ट्रेलिया पठाउने निधो गरेको थियो ।

तर अन्तिममा माल्दिभ्स हुँदै उनीहरुलाई अष्ट्रेलिया पठाउने भएको छ । उनीहरु माल्दिभ्समा क्वारेन्टिन बसेर स्वदेश फर्किने बीसीसीआईले जनाएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey