वेष्ट इन्डिजकाे केन्द्रिय सम्झाैतामा ठुलाे हेरफेर

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२३
  • |
  • 562 पटक हेरिएको

वेष्ट इण्डिज क्रिकेट बोर्डले २०२१-२२ को केन्द्रीय सम्झाैतामा परेका खेलाडीकाे नाम सार्वजनिक गरेकाे छ । जसमा केहि नयाँ खेलाडीलाई समावेश गरेको छ भने केहि अनुभवी खेलाडी बाहिरीएका छन ।

बाेर्डले सार्वजनिक गरेको सम्झौताकाे सूचीमा पहिलो पटक नक्रुम्हा बोन्नर, कायल मेयर्स, जोसुवा डिसिल्भा र अकिल हुसेन अटाएका छन ।

बोन्नर, डिसिल्भा र मेयर्स टेष्टमा र हुसेन टी-२० र एकदिवसीय टिमका लागि केन्द्रिय सम्झाैतामा परेका हुन ।

बाेर्डले केही महत्वपूर्ण खेलाडीलाई रिलिज गरेको छ । रिलिज हुनेमा रोस्टन चेस, शिमरोन हेटमायर, शमराह ब्रुक्स, शेन डोरिच, सुनिल एम्ब्रीस, सेल्डन कोट्रेल, ब्रेण्डन किंग, किमो पउल, रोभम्यान पावेल, रोमारियो सेफर्ड र ओसेन थोमस रहेका छन् ।

तीनै फरम्याटमा पर्ने : जेसन होल्डर

टेष्ट क्रिकेटका लागि  : क्रेग ब्राथवेट, जेर्मेन ब्ल्याकवुड, नकु्रम्हा बोन्नर, रहकीम कोर्नवाल, जोसुवा डिसिल्भा, श्यानन गेब्रयिल, कायल मेयर्स र केमार रोच ।

टी-२० र एकदिवसीयका लागि : किरण पोलार्ड, फाबियन आलेन, डारेन ब्रावो, साई होप, अकिल होसेन, इभन लुईस, अल्जारी जोसेफ, निकोलश पूरन र ह्याडन वाल्स जूनियर ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey