कुशल आइसीसीकाे अप्रिल महिनाकाे उत्कृष्ट खेलाडीकाे मनाेनयनमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२२
  • |
  • 318 पटक हेरिएको

नेपाली युवा क्रिकेटर कुशल भुर्तेल आइसीसीको अप्रिल महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन । उनीसँगै पाकिस्तान बाबर अजाम र फकर जमानपनि यो मनोनयनमा परेका छन ।

आइसीसीले यसै बर्षबाट सुरु गरेको महिनाको उत्कृष्ट खेलाडीमा नेपाली खेलाडी परेको यो पहिलो पटक हो भने पाकिस्तानका दुई खेलाडी परेको पनि पहिलो पटक हो । अप्रिल महिनाको उत्कृष्ट खेलाडीको नतिजा मे १० तारिखमा सार्वजनिक गरिनेछ । कुशललाई अप्रिल महिनाको उत्कृष्ट खेलाडीको विजेता बनाउनका लागि यो लिंकमा गएर भोट गर्न सक्नुहुनेछ ।

घरेलु मैदान भएको त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा डेब्यु गर्दा लगातार तीन खेलमा अर्धशतक बनाउने विश्वको पहिलो खेलाडी बनेका कुशलले प्रतियोगितामा दुई सय ७८ रन बनाएका थिए । नेपालले ११ बर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय उपाधि जित्दा उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका थिए । कुशलले पाँच खेलमा चार अर्धशतक बनाएका थिए ।

यसका साथै २४ बर्षे कुशलले आशिफ शेखसँग मिलेर टी २० क्रिकेटमा नेपालका लागि पहिलो विकेटका रुपमा सर्वाधिक रनको साझेदारी गर्ने कीर्तिमान पनि बनाएका थिए । यी दुई खेलाडीले एक सय १६ रनको साझेदारी गर्दै नयाँ रकेर्ड बनाएका थिए ।

उनले त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सविरुद्ध ६२, मलेसियाविरुद्ध ६१, फेरी लिगको दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२, फाइनलमा नेदरल्याण्ड्सविरुद्ध ७७ रनको पारी खेलेका थिए ।

कुशलसँगै मनोनयनमा पर्ने पाकिस्तानी क्रिकेटर फकर अजाम छन । उनले तीन एकदिवसिय सिरिजमा दुई शतकसहित तीन सय दुई रन बनाएका थिए । जसमा उनले एक खेलमा एक सय ९३ रनको पारी खेलेका थिए ।

यस्तै अर्का खेलाडी पाकिस्तानी कप्तान बाबर अजाम छन । उनले पनि एकदिवसीय सिरिजमा एक शतकसहित कुल दुई सय २८ रन बनाएका थिए । यसका साथै उनले एकदिवसीय विश्व बरियतामा पनि विराट कोहलीलाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएका छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey