आइपीएल अनिश्चित समयका लागि स्थगित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२१
  • |
  • 691 पटक हेरिएको

इन्डियन प्रिमियर लिगको बाँकी सिजनका खेलहरु स्थगित भएको छन । पछिल्लो पटक भारतमा कोरोनाको संक्रमणदर उच्च भएको र टिमका खेलाडीमा पनि एकपछि अर्को गरि कोभिड देखिन थालेपछि आइपीएलका बाँकी खेलहरु स्थगित भएका हुन ।

आइपीएलका लागि खेलाडीहरु बायो बबलमा हुँदा पनि कोरोना संक्रमण देखिएपछि आयोजकले तत्कालका लागि प्रतियोगिता स्थगित गर्नुपर्ने निर्णयमा पुगेका छन । पछिल्लो पटक सनराइजर्स हैदरावादका रिद्दमान शाह र दिल्लीका अमित मिश्रामा पनि कोभिड पोजेटिभ देखिएको छ ।
बीसीसीआईको आपतकालिन बैठकले प्रतियोगिता तत्काल रोक्नुपर्ने निर्णय गरेको हो । जसमा आइपीएलका प्रमुख ब्रिजेश पटेलले खेलाडी र स्टाफको श्वास्थ्यलाई मध्यनजरमा राखेर प्रतियोगिता स्थगित गर्नुपर्ने निर्णयमा पुगेको बताए ।

पछिल्लो पटक आइपीएल टिम कोलकाताका दुई जना चेन्नेईका तीन पदाधिकारीमा कोभिड देखिएको थियो भने दिल्ली र चेन्नेई टिम आइसोलेसनमा बसेका थिए । यस्तै अरु टिमहरुमा पनि यो कोभिडको त्रास सुरु गरेको छ ।

बीसीसीआईले हालका तालिकामा यो प्रतियोगिता स्थगित भएको र अर्को खाली विन्डोमा प्रतियोगिता गर्नका लागि कोसिस हुने बताएको छ । सोमबार मात्र कोलकाता र बैंग्लोर विचको खेल खेलाडीमा कोरोना देखिएपछि स्थगित भएको थियो ।

यस्तै मंगलबार विहानमात्र चेन्नेई र राजस्थानको खेलपनि स्थगित हुने पक्का भएको थियो । तर दिउँसो १२ बजे हैदरावाद रिद्धमान शाह र दिल्लीका अमित मिश्राको रिपोर्टपनि पोजेटि आएपछि बीसीसीआईले आपतकालिन बैठक बोलाएको थियो ।

जसमा सबै केहि टिमका पदाधिकारी भर्चुअलको माध्यमबाट सहभागि भएका थिए । सो बैठकले खेलाडीमा भित्र भित्र कोरोनाको संक्रमण फैलिएको हुनसक्ने आशंका रहेको र प्रतियोगिता तत्कालका लागि स्थगित गर्नुपर्ने निस्कर्ण निकालेको हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey