राजु तामाङले ललितपुरकाे प्रशिक्षककाे जिम्मेवारी सम्हाल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२०
  • |
  • 359 पटक हेरिएको

प्रशिक्षक प्रदिप हुँमागाईलाई हटाएपछि ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको बाँकी खेलहरुका लागि प्रशिक्षणको जिम्मा राजु तामाङलाई दिएको छ ।

ललितपुरले चितवनसँगको खेलमा बराबरी खेलेपछि हुमागाई प्रशिक्षक आइतबार राती राजिनामा दिएका थिए ।

हुमागाई हुँदा सहायक प्रशिक्षक रहेका राजुले अब मुख्य प्रशिक्षक भएर टिमलाई सम्हाल्नेछन । चार खेलसम्म जित निकाल्न नसकेको ललितपुरका यसअघिका प्रशिक्षक हुमागाईले नैतिकताका आधारमा राजिनामा दिएको बताएका थिए ।

उनी क्लवबाट बाहिरीएपछि क्लवले राजु तामाङलाई जिम्मेवारी थपेको छ । लिगमा चार खेलमा तीन अंक बोकेको ललितपुर टिमको खेल राम्रो भएपनि गोल गर्न नसकेको आरोप लाग्दै आएको थियो ।

ललितपुरले अहिलेसम्म खेलेका चार खेलमा एक खेल हारेको थियो भने तीन खेल बराबरी खेलेको थियो । पहिलो खेलमा काठमाडौंसँग एक शुन्यले पराजित भएको ललितपुर दोस्रो खेलमा चितवनसँग एक एकको बराबरी खेलेको थियो ।

यस्तै तेस्रो खेलमा धनगढीसँगपनि एक एक गोलकै बराबरीमा चित्त बुझाएको थियो । आइतबार भएको खेलमा ललितपुरले पोखरासँग गोलरहित बराबरी खेलेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey