पोखरा र ललितपुरविच पहिलो हाफ गोलरहित बराबरी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१९
  • |
  • 329 पटक हेरिएको

नेपाल सुपर लिगमा अहिले पोखरा थन्डर्स र ललितपुर सिटी एफसीविच प्रतिस्पर्धा भइरहेको छ । जसमा पहिलो हाफ सकिँदा दुबै टिमले गोलरहित बराबरी खेलेका छन ।

दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा पोखराले केहि आक्रामक खेल खेलेको थियो । आठौं मिनेटमा पोखराका कप्तान नवयुग श्रेष्ठले डिबक्समा पाएको बललाई प्रहार गर्दा पोष्टको निकै नजिकबाट बाहिरीयो ।

१६ औं मिनेटमा ललितपुर सिटी एफसीका विदेशी खेलाडी भिलिमले डिबक्समा पाएको उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेनन् ।

२० औं मिनेटमा पोखराका नवयुग श्रेष्ठले डिबक्समा ललितपुरका गोलकिपर अर्पन कार्कीलाई विट गरेर प्रहार गरेको बल आकासिन पुग्यो । ३९ औं मिनेटमा पोखराका नितिन थापाको प्रहार ललितपुरका गोलकिपर अर्पनले बचाए ।

४२ औं मिनेटमा पोखराका मोउसाले डिबक्सभित्रबाट बायाँ खुट्टाले प्रहार गरेको बल पोष्ट बाहिर रह्यो । त्यसको अर्को मिनेटमा भिलिनको क्रसमा विमल रानाले गरेको हेड फ्रेममा रहन सकेन । ४४ औं मिनेटमा रवि पासवानको पासमा नवयुग श्रेष्ठको प्रहारपनि पोष्टको नजिकैबाट बाहिरीयो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey