राजस्थानले हैदरावादलाई २ सय २१ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१९
  • |
  • 241 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई २ सय २१ रनको लक्ष्य दिएको छ ।

दिल्लीमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २० रन बनायो ।

राजस्थानका लागि ओपनर ब्याट्सम्यान जोस बटलरले शतकीय पारी खेले । राजस्थानले सुरुवात भने राम्रो गर्न सकेन । मात्र १७ रन हुँदा यशस्वी जैशवाललाई ब्यक्तिगत १२ रनमा गुमाएको राजस्थानको पारीलाई कप्तान सञ्जु सामसन र जोस बट्लरले बलियो अवस्थामा पुर्याए ।

सामसन र बट्लरले दोस्रो विकेटका लागि एक सय ५० रनको उत्कृष्ट साझेदारी गरे । जसमा सामसनले ४८ रन बनाएर आउट हुँदा राजस्थानले एक सय ६७ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि जोस बट्लर एक सय २४ रनमा आउँदा हुँदा राजस्थानको स्कोर दुई सय नौ रन थियो । बट्लरले ६४ बलमा ११ चौका र आठ छक्का प्रहार गरे ।

अन्तिममा रायन प्रागले १५ रनको योगदान गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey