चितवनविरूद्ध धनगढी ३-० ले अगाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१८
  • |
  • 347 पटक हेरिएको

नेपाल सुपर लिगमा चितवनविरुद्धको खेलमा धनगढीले तीन शुन्यको अग्रता बनाएको छ । पहिलो हाफमा दबावमा रहेको धनगढीले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा धनगढीले दोस्रो हाफमा उत्कृष्ट खेल पस्कियो ।

२३ औं मिनेटमा चितवनका जर्ज प्रिन्स कार्कीले प्रहार गरेको बललाई धनगढीका गोलकिपर किरण चेम्जोङले बचाएपनि रिबाउन्ड गोरान जेर्कोविचको प्रहार बारमा लागेर फर्कियो ।

३२ औं मिनेटमा चितवनका जर्ज प्रिन्स कार्कीको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । त्यसको लगत्तै शिशिर लेखीको प्रहारलाई गोलकिपर किरण चेम्जोङले पन्च गरे ।

३६ औं मिनेटमा फेरी चितवनका जर्ज प्रिन्स कार्कीले करिव ४० यार्ड टाढाबाट गरेको शसक्त प्रहार क्रसबारमा लागेर बाहिरीयो ।

पहिलो हाफको अन्तिममा धनगढीको सौजन राईको क्रसमा अफिज ओलाओले बल प्रहार गर्नु अगाडी चितवनका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउ गरे ।

५२ औं मिनेटमा सिमान्त थापाको क्रसमा विश्व अधिकारीको प्रहार आकासियो । ६३ औं मिनेटमा निशान खड्काको क्रसमा निशान लिम्बुले गोल गर्दै धनगढीले गोल गर्न सफल भए ।

एक गोलले अगाडी रहेको धनगढीले ६८ औं मिनेटमा अन्तर दुई शुन्यमा पुर्यायो । यसपटक निशानको क्रसमा अफिज ओलाओलेले गोल गर्न सफल भए । उनले निशान लिम्बुको क्रसको सदुपयोग गरे । जारी प्रतियोगितामा उनको यो चौथो गोल हो ।

७५ औं मिनेटमा धनगढीले अर्को सुनौलो अवसर गुमायो । पुजन उपरकोटीको प्रहार क्रसबारमा लागेर फर्कियो ।

त्यसको तीन मिनेटपछि चितवनले गोल गरेपनि त्यसलाई अफसाइड दिइयो । उसका विदेशी खेलाडी गोरानले गोल गरेपनि रेफ्रीले अफसाइड दिए ।

तर त्यसको अर्को मिनेटमा धनगढीले खेल तीन शुन्यमा पुर्यायो । उसका लागि बुद्धबल तामाङले डिबक्स भित्रबाट उत्कृष्ट फिनिस गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey