हैदरावादद्वारा कप्तान परिवर्तन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१८
  • |
  • 390 पटक हेरिएको

सरराइजर्स हैदरावादले आफ्नो कप्तानलाई परिवर्तन गरेको छ ।

यसअघि डेविड वार्नर कप्तान रहेकोमा उनलाई हटाएर केन विलियम्सनलाई नयाँ कप्तान चयन गरेको छ । हैदरावादले विज्ञेप्ती जारी गर्दै वार्नरको कप्तानीलाई खोसेर विलियम्सनलाई नयाँ जिम्मेवारी दिएको जनाएको छ ।

विलियम्सनले आइतबारबाट हैदरावादको नयाँ जिम्मेवारी लिनेछन ।

विलियम्सनले आइपीएलको बाँकी सिजनसम्म कप्तानी गर्नेछन । हैदरावादले ओभरसिज खेलाडीको कम्बिनेसनलाई मिलाउनका लागि कप्तान परिवर्तन गरेको बताएको छ ।

हैदरावादले चेन्नेईसँगको हारपछि गरेको कमेन्टका आधारमा टिमले वार्नरलाई कप्तानबाट हटाएको हो । जारी आइपीएलमा हैदरावादले ६ खेलमा पाँच खेल हारेको छ । चेन्नेईसँग हैदरावाद सात विकेटले पराजित भएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey